

महेन्द्रनगर । जिल्ला समन्वय समिति कंचनपुरका प्रमुख दुर्गादत्त बोहराले पर्यटन प्रवद्र्धुन हुने गरी वृक्षारोपण गरिनु पर्नेमा जोड दिएका छन् ।
जिल्ला वन क्षेत्र समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै समन्वय प्रमुख बोहराले नदी किनारमा हरियाली बनाएर पर्यापर्यटन प्रवद्र्धन, बाताबरणीय सुन्दरता हुने गरी बृक्षारोपण अभियान सञ्चालन पर्ने आवश्यकता औल्याएका सबैमा आव्हान गरेका हुन् ।

बैठकले बृक्षारोपण गरी हरियाली कायम गर्ने निर्णय गरेको छ । उनले नदी किनारमा घाँस लागायतका वृक्ष रोप्न पर्नेमा जोड दिए । ‘अरुले पनि हेरोस, सिकोस भन्ने छ’ बैठकमा बोहराले भने ।
समन्वय प्रमुख बोहराले जिल्लाभर सबै बिद्यालयलाई बृक्षारोपण अभियानमा सहभागी गराउनु पर्ने बताए ।
बैठकमा चुरे संजालका अध्यक्ष रबिन्द्र कुवरले बकाइनो रोपेर बासिन्दालाई आर्थिक अवस्था सुधार गर्न सकिने बताए ।

जिल्ला वन क्षेत्र समन्वय समितिका सदस्य सचिव डिभिजन वन प्रमुख लक्ष्मी जोशीले बैठकबाट वन अतिक्रमण खाली गर्दै थप अतिक्रमण हुन नदिने सुरक्षा निकाय र सरोकारवाला सबैलाई सहयोगका लागि आग्रह गर्ने निर्णय गरिएको जानकारी दिए ।
डिभिजन प्रमुख जोशीले बस्ति बिकास भएकाले अतिक्रमण हटाउन समस्या भएको बताए ।
कंचनपुरमा तिन हजार हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । यसमध्ये अधिकाँश वन क्षेत्रमा वस्ती बिकास भएको वन अधिकारीहरु बताउँछन् ।
वन कार्यालयका अनुसार लालझाडी मोहना संरक्षित वन क्षेत्रको बाइसे बिचवा, पर्सिया लगायतका क्षेत्रमा बाढी बासिन्दा वन क्षेत्रमा बसेका छन् ।
वन कार्यालयले पन्च बर्षिय व्यवस्थापन वन योजना २०७९ अनुसार वन अतिक्रमण हटाउने कार्य गरिएको छ ।
चालु आर्थिक वर्षमा एक हेक्टर वन क्षेत्रको अतिक्रमण हटाइएको बताइएको छ । अव्यवस्थित बसोबासी, बाढी पीडित र सुकुम्बासी लगायतका वस्ती वन क्षेत्रमा छन् ।
बैठकमा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकाय प्रमुख, सरकारी कार्यलय प्रमुख सहभागी भएका छन् ।
