ghar sansar

दोधारा चाँदनी नगरपालिकाले दियो सशस्त्र प्रहरीलाई विपद् उद्वार सामाग्री

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बिपद उद्वार सामाग्री सहयोग गरेको छ ।

बर्खा याममा बिपदमा परेका बासिन्दालाई उद्वारका लागि रबर बोट, लाइफ जकेट लगायत सामाग्री सहयोग गरिएका छ्न ।

,orning glory badhai

दोधारा चादनीका मेयर किशोर कुमार लिम्बुले सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिग्देललाई ती समान हस्तान्तरण गरे । नगरपालिका कार्यालयमा सामाग्री हस्तान्तरण पछि सशस्त्र प्रहरीले देबीस्थान गुल्ममा लगेर राखेको छ ।

सशस्त्र प्रहरीलाई दिइएको रबर बोट नगरपालिकालाई यूनिसेफले दिएको हो । दोधारा चादनी बिपदको उच्च जोखिम क्षेत्र मानिन्छ । 

मेयर लिम्बुले बिपद उद्वारका रबर बोट लगायतका सामाग्री उपयोगी हुने बिश्वास व्यक्त गरे । सशस्त्र प्रहरीले उद्वारका काममा खटिनु पर्ने भएकाले हतार हतार हस्तान्तरण गरिएको उल्लेख गरे ।

यस अघि प्रहरी आफ्नो रबर बोट ल्याएर उद्वारमा खटिने गरेको थियो ।

dirghayi clinic

सशस्त्र प्रहरीको देबिस्थान गुल्म र सुन्दर नगर बिओपीमा सशस्त्र प्रहरी सहायक निरीक्षक नेतृत्वमा टोली तैनाथ छ ।ती दुबै स्थानमा रबर बोट लगयतका उद्वार सामाग्री छ्न ।

मेयर लिम्बुले हरेक बर्ष बिपदसित जुध्न पर्ने भएकाले युनिसेफसित लामो प्रयास गरी रबर बोट उपलब्ध भएको बताए ।
नगरपालिकाक सबै जानकारी एलईडीबाट प्रवाह गर्ने तयारी गरिएको मेयर लिम्बुले बताए ।

सशस्त्र प्रहरीसित सहकार्यले बिपदका समयमा उद्वार कार्य प्रभावकारी भएर जिउधन क्षति रोक्न सकिने मेयर लिम्बुले बताए ।

सशस्त्र प्रहरी उपरीक्षक सिग्देलले नगरपलिकासित सहकार्यले बिपद उद्वार कार्यमा सहयोग हुने बताए ।

दोधारा चादनीमा सशस्त्र प्रहरीको एक गुल्म र आठ बिओपी छ्न । गुल्मको कमाण्ड डिएसपीले गर्छन । ६ बिओपी निरीक्षक र दुईको कमाण्ड नायब निरीक्षकलाई दिइएको छ ।

सशस्त्रलाई सामग्री हस्तान्तरण अघि प्रमुख प्रशासकीय अधिकृत हरिश जोशीले सामाग्री सम्बन्धि जानकारी दिए ।

दोधारा चादनीका उप मेयर गङगा जोशी, बेलौरी नगरपालिका उप मेयर जोगराम चौधरी, वडा अध्यक्ष ओम प्रकाश रोकाया, शिक्षा शाखा प्रमुख गणेश दत्त मिश्र, सशस्त्र प्रहरीको देबिस्थान गुल्मका निमित्त इन्चार्ज दिल बहादुर महरा लगायत सहभागी भए

Himal dental
सम्बन्धित
Loading...