ghar sansar

काँग्रेसका अद्यावधिक संयोजकलाई किन भेट्न पुगिन उप मेयर

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिक उप मेयर निलम लेखक जोशीले नगर प्रवक्ता पदम राज अवस्थीलाई वडा कार्यालय गएर भेटेकी छन् । काङ्ग्रेस नेता कार्यकर्ताका साथ नगर प्रवक्ता अवस्थीलाई वडा कार्यालय पुगेर भेटेकी हुन् ।

अवस्थी वडा न. ५ का अध्यक्ष हुन । उनी काङ्ग्रेस सभापति गगन थापा समूहका हुन । काङ्ग्रेसले उनलाई कञ्चनपुर ३ मा पार्टी सदस्यता अद्यावधिकको जिम्मा दिएको छ ।

,orning glory badhai

लेखक हाल सम्म निवर्तमान सभापति शेर बहादुर देउवा समूह नजिक छन् । कञ्चनपुर काङ्ग्रेसका तत्कालीन रमेश लेखक र एनपी साउद् समूहमा लेखक रमेश लेखक नजिक हुन् ।

लेखक र साउद हाल सम्म देउवा समूहमा छ्न । अवस्थी पनि लेखक समूहका हुन् । उनी लेखकका बिश्वासिला थिए ।

अवस्थी सहित हरि प्रसाद बोहरा, दिवाकर पाण्डेय, गोपाल गुरुङ, हरेन्द्र बिष्ट, लेखराज जोशी लगायत नेताले लेखक साउद छाडेका छ्न ।

कंचनपुर ३ मा लेखकका सबैभन्दा वढी बिश्वासिला नेताले साथ छाडेका छ्न । काङ्ग्रेसको तत्कालिन संस्थापन इतर समूह काङ्ग्रेस बिशेश महाधिवेशनमा सहभागी भएको थियो ।

dirghayi clinic

उप मेयर लेखकले कार्यालय पुगेर अवस्थीलाई भेटेपछि काङ्ग्रेसभित्र तरङ्ग फैलिएको छ । लेखक सद्स्यता अद्यावधिक गर्ने मनस्थितिमा पुगेको हुन सक्ने काङ्ग्रेस नेता बताउछ्न् ।

अवस्थी काठमाडौ फर्के लगत्तै उप मेयर भेट्न पुगेका छन् । पार्टी कामकाजका लागि उनी काठमाडौ गएका थिए ।
पछिल्लो समय अवस्थीले काम भए मात्रै नगरपालिका कार्यालय जाने गरेका थिए ।

भीमदत्तका तत्कालिन प्रवक्ता महेन्द्र खडकाको निधन भएपछि अवस्थीकाई नगर प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।
नगर प्रवक्ता भएपछि अवस्थीले नगरपालिकामा कार्यकक्ष बनाएका थिए । अहिले पनि कार्यकक्ष छ ।

अवस्थी गत बर्षदेखि कार्यकक्ष गएका छैनन । मेयर पदम बोगटी र उप मेयर जोशीसित तालमेल हुन नसके पछि कार्यकक्ष जान छाडेका हुन् ।

काङ्ग्रेसमा अवस्थी हक्की, मिलनसार र प्रष्ट बोल्ने नेताका रुपमा चिनिन्छन् ।

नगर प्रवक्ता भए पछि उनले आफ्नै सरकारले महाकाली नदीमा रोयल्टी ठेक्का लगाउन नसकेको भन्दै सामाजिक सञ्जालना आलोचना गरेका थिए ।

उनको आलोचना पछि नगरपालिकाले ठेक्का लगाएको थियो । त्यस अघि अमानतबाट राजश्व संकलन गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...