

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाबाट तीन किलो सुन बरामद भएर सार्वजनिक नभएको भन्दै सामाजिक संजालमा व्यापक भएपछि सनसनी मच्चिएको छ ।
दोधारा चाँदनीका पत्रकार पप्पु गुरुङ्गले सुनको विषय सामाजिक सञ्जालला लेखेका थिए । उनले तीन किलो सुन बरामद गरी सार्वजनिक नगरिएको भन्दै स्ट्याटस लेखेका छन् ।

सामाजिक सञ्जालमा आएपछि नेपाल प्रहरी बाहेक अन्य सुरक्षा निकायले खोजि गरे । प्रहरी स्रोतका सशस्त्र प्रहरीले यसबारे चासो राखेको छ ।
जिल्ल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) टेक बहादुर रावतले दोधारा चाँदनीबाट तीन किलो सुन नभएर सुनका गर गहना सहितका समान बरामद गरिएको बताए ।
डिएसपी रावतका अनुसार दोधारा चाँदनीका स्थानीयको घरबाट तीन दिन अघि ती समान बरामद गरिएका हुन । बरामद समानम सुनका गर गहना सहित ६ घडी छन् ।
प्रहरीले ती समानको मूल्य कति हो भन्ने यकिन गरेको छैन ।डीएसपी रावतले सुनको मात्रा र मूल्य यकिन नगरिएको बताए ।
सामाजिक संजालमा आएपछि एक करोडको सुनका गरगहना र रोलेक्स घडी बरामद गरिएको भन्दै चर्चा चलेको छ ।


प्रहरीले वरामद समान सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने तयारी गरेको डिएसपी रावतले जानकारी दिए ।
भारतको पन्जाबबाट दोधारा चादनीका एक जनाले केही दिन अघि ती गरगहना चोरी गरी ल्याएका थिए ।
प्रहरीका अनुसार पन्जाबमा दोधारा चाँदनीका महिला काम गर्छिन । ती महिलाका आफन्त पर्ने व्यक्तिले मालिकका गरगहना लगायतका समान चोरी गरी ल्याएका थिए ।
गरगहना चोरी भएपछि मालिकले भारतीय प्रहरीले ती महिला पक्राउ गरी अनुसन्धान अघि बढायो । त्यसपछि ती महिलाका आफन्त प्रहरीस्म पुगेपछि खोजी गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरीको टोलीले खोजी गरी घरमा ती समान भेटिएका हुन । समान चोरी गरी ल्याउने व्यक्ति फरार भएका छ्न ।
प्रहरीले ती फरार व्यक्तिको खोजी सुरु गरेको डीएसपी रावतले बताए ।
भारतीय मालिक सम्पर्कमा आइ सकेको र बरामद गरगहना फिर्ता गरिने उनी बताउछन् ।
