ghar sansar

विकल्प दैनिक १९ औं वर्षमा

khasi

महेन्द्रनगर । आजको नयाँ विकल्प दैनिक १९ औं वर्षमा प्रवेश गरेको छ ।

पत्रकारिताका मूल्य,मान्यता र सिद्धान्तलाई आत्मसात गरी पेशागत धर्म निर्वाहलाई मूलमन्त्र बनाएर सत्य तथ्य सूचना प्रवाहको बाटोमा हिँडि रहेका छौ ।

,orning glory badhai

सत्य तथ्य सूचना प्रवाह गरी नागरिकलाई सुसूचित गर्ने पत्रकारिताको मूल धर्म हो । हामी सधैं यस धर्ममा अडिग छौ र भविष्यमा रहने प्रतिवद्धता फेरि दोहो¥याउन चाहन्छौ ।

सूचना प्रविधिको विकाससंगै न्यू मिडिया अर्थात सोसल प्लेट फर्महरुले परम्परागत भनिएका अर्थात छापा माध्यम अप्ठेरो अवस्थामा पु्गेका छन् । यो हाम्रा लागि सूचना प्रविधिको विकसित नयाँ सबैभन्दा ठूलो चुनौति हो । अहिले यही चुनौति स्वीकार गरी समय सापेक्ष छापा माध्यमको भविष्य जोगाउन बाहेक अन्य विकल्प साँघुरिँदै गएका छन् ।

कोभिड महामारीपछि थिलथिलो भएको सञ्चार क्षेत्र अभैm पनि शैय्यबाट बाहिर आउन सकेको छैन । आर्थिक मन्दी र न्यून मिडिया अहिले छापा माध्यमका सबैभन्दा ठूला चुनौती हुन् ।

विकल्प दैनिक चुनौतीसित सामना गरी अघि बढ्न पर्ने मान्यतामा विश्वास राख्छ । अहिलेका चुनौतीलाई अवसरमा बदलेर छापा माध्यम अर्थात विकल्प दैनिक जोगाएर नागरिकलाई सत्य तथ्य सूचना दिन हामी हर सम्भव प्रयासरत छौ ।

हाम्रा प्रयासमा थुप्रै कमीकमजोरी छन् । हामी ती सबै कमजोरी सुधार गरी सही सूचना प्रवाह गरी सुसूचित हुने अधिकार संरक्षणका लागि हरक्षण लागि रहने प्रण फेरि गछौ ।

dirghayi clinic

मोफसल मात्रै होइन, मूलधारका मिडिया हाउस नै चुनौतीको चाङ बोकेर हिँड्न बाध्य छन् । पत्रिका सञ्चालनको खर्च व्यहार्ने विज्ञान सोसल प्लेटफर्मले खोसेपछि आम छापा माध्यम टु्लटुल हेर्न बाध्य छ ।

विज्ञापन बजार साँघुरिएर मिडिया सञ्चालन खर्च उठाउनै समस्या छ । निजी विज्ञापन खोसिएपछि सरकारी विज्ञापनको आश पछिल्लो केही महिनादेखि हराएको छ ।

नयाँ सरकारले निजी मिडियालाई विज्ञापन दिन बन्द गर्ने निर्णय गरेपछि झन समस्या आएको छ ।

मिडियाका अनगिन्ती समस्या छन् । मिडिया यात्रा खुकुरीको धारमा हिँडे सरहको यात्रा जस्तै बनेको छ । र पनि हाम्रो पत्रिकाको माष्ट हेडमा हामीले एउटा नारा उल्लेख गरेका छौ । त्यो हो– गणतन्त्रको पहरेदार ।

यो नारा सार्थक बनाउन हामी हाम्रा सबै चुनौति थाती राखेका छौ । गणतन्त्र जनताको शासन हो । यो शासन ६ दशक कुरेर ल्याएको हो । यहीं शासनमा स्वतन्त्र प्रेस, नागरिक सर्वोच्चता, विधिको शासन, मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता, जन निर्वाचित शासन व्यवस्था सर्बै हुन्छन् । जुन आजको २१ औं शताब्दीको सभ्य र शिक्षित नागरिकका लागि अत्यावश्यक हुन् ।

हाम्रो पेशागत धर्म निर्वाहमा हामीले हाम्रा पत्रकार, कर्मचारी सहित पाठक, विज्ञापनदाता, शुभचिन्तकबाट अमूल्य सहयोग पाएका छौ । यो सहयोगका लागि हामी सधैं ऋणी रहनेछौ । र भविष्यमा पनि साथ सहयोग हुनेमा पूर्ण आशावादी छौ ।

अन्त्यमा आजको नयाँ विकल्प दैनिक १९ औं वर्ष प्रवेशको सुखद अवसरमा सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ ।

माधव सिह धामी
प्रधान सम्पादक
रनि विवश
सम्पादक

आजको नयाँ विकल्प दैनिक
क्याम्पस रोड, महेन्द्रनगर गल्ली नं. ५ कञ्चनपुर

Himal dental
सम्बन्धित
Loading...