ghar sansar

दोधारा चाँदनी चोरीका गहना बरामद प्रकरण – विवादमा मुछियो प्रहरी मुचुल्का, सम्बन्धित वडाका जनप्रतिनिधिले अस्वीकार गरेपछि अन्यबाट हस्ताक्षर

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ९ बाट चोरीका गहना बरामद प्रकरणमा प्रहरी मुचुल्का विवादमा मुछिएको छ ।

दोधारा चाँदनी नगरपालिका ९ का वडा अध्यक्ष गोपीलला कँडेलले शनिबार ७२ घण्टापछि इलाका प्रहरी कार्यालयले आफूलाई मुचुल्कामा हस्ताक्षर गर्न बोलाएको बताएका थिए ।

,orning glory badhai

वडा अध्यक्ष कँडेलको सामाजिक सञ्जालमा पोष्ट भिडियोमा उनले वडाका घट्नामा जनप्रतिनिधिलाई जानकारी नहुन दुःखद भएको भन्दै असन्तुष्टि पोखेका छन् ।

इलाका प्रहरी कार्यालयले साउन ३२ गते ९ नम्बर वडास्थित लोकेश धामीको घरबाट चोरीका गरहगना सहितका समान बरामद गरेको थियो ।

धामीले ती गरहगहना भारतको पञ्जाबस्थित आफूले काम गर्ने कम्पनीबाट चोरी गरी ल्याएका हुन् । धामी समान घरमा छाडेर फरार भएका छन् ।

इलाका प्रहरी कार्यालयले समान बरामद गरिएको ७२ घण्टा अर्थात शनिबार मात्र वडा अध्यक्ष कँडेललाई मुचुल्का हस्ताक्षरका लागि बोलाएका थिए । उनले आफूले हस्ताक्षर गर्न नसक्ने भनेपछि वडा सदस्यसित आग्रह गरिएको थियो ।

वडा सदस्यहरुले पनि समान बरामद गरिएको तीन दिनपछि आफूहरुले हस्ताक्षर गर्न नसक्ने जवाफ प्रहरीलाई दिएका थिए ।

सम्बन्धित वडाले मुचुल्कामा हस्ताक्षर गर्न नमानेपछि प्रहरीले अर्को वडामा जनप्रतिनिधिको हस्ताक्षर गराएको छ ।

दोधारा चाँदनी नगरपालिकाबाट बरामद तीन किलो सुन सार्वजनिक नभएको भन्दै शनिबार सामाजिक सञ्जालमा व्यापक भएको थियो ।

dirghayi clinic

इलाका प्रहरी कार्यालयले त्यसपछि वडा अध्यक्ष कँडेललाई हस्ताक्षरका लागि आग्रह गरेको हो ।

इलाका प्रहरी इन्चार्ज प्रहरी निरीक्षक कृष्ण सोनीले गरहगना चोरीपछि घट्नास्थल मुचुल्का बनेको र त्यसमा वडा अध्यक्षको हस्ताक्षर बाँकी भएकाले आग्रह गरिएको बताए ।

‘मुचुल्का बनि सकेका थियो, त्यसमा वहाँको मात्रै बाँकी थियो, वहाँ यता आइ रहनु हुन्छ भनेर यही गरौला भन्यौ’ उनले भने,‘खै किन हो, आउनु भएन, त्यसपछि अन्य वडाको जनप्रतिनिधिको साइन गराएका र्छौ ।’

प्रहरीका अनुसार ९ नम्बर घट्नाको मुचुल्कामा वडा नं. ७ का वडा सदस्यले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित वडाका जनप्रतिनिधिको मुचुल्कामा हस्ताक्षर नगरिएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखिएको छ ।

प्रहरीले कुनै घट्नामा घट्नास्थलको मुचुल्का कागजात बनाउँदा सम्बन्धित वडाका जनप्रतिनिधि वा स्थानीयको हस्ताक्षर गराउनु पर्ने हुन्छ ।

इलाका इन्चार्ज सम्बन्धित वडाका जनप्रतिनिधि नभएमा नजिकको वडाका जनप्रतिनिधिबाट समेत गराउन सकिने बताए ।

प्रहरीले बरामद समानको मूल्य अझैसम्म बाहिर ल्याएको छैन । दोधारा चाँदनीका स्थानीयका अनुसार बरामद समान अढाई करोड मूल्यको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी टेक बहादुर रावतले बारमद समानमा सुनका गरगहना र ६ घडी भएको बताए ।

उनले ती समानको व्यक्ति सम्पर्कमा आई सकेकाले फिर्ता गर्ने तयारी गरिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...