

महेन्द्रनगर । भन्सार छलेर भारतबाट ल्याएको समान बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीेले गड्डाचौकीबाट ती समान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी टेक बहादुर रावतका अनुसार बरामद समानको मूल्य एक लाख दुई हजार छ । ती समानमा चिनी, मिश्री, दाल, किराना र बिउबिजन छन् ।

डिएसपी रावतले बरामद समान भन्सार कार्यालय बुझाएको जानकारी दिएका छन् ।
