ghar sansar

दोधारा चाँदनीबाट चोरीका गरगहना बरामद प्रकरणमा कञ्चनपुर प्रहरीले निकाल्यो विज्ञप्ति, भन्यो– गरगहना नपगाली शुद्ध वास्तविक तौल र वास्तविक मूल्य पत्ता लगाउनु सम्भव छैन

khasi

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दोधारा चाँदनी नगरपालिका ९ बाट बरामद सुनका गरगहना पगालेर मात्रै वास्तविक तौल र मूल्य आउने जानकारी सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले बिहीबार दोधारा चाँदनी ९ स्थित स्थानीयको खेतबारीको आँपको रुखमा राखिएको अवस्थामा अपरिचित समूहले बाहिर निकाmलेको थियो । त्यही समूहले बाहिर निकालेका गरगहना प्रहरीले बरामद गरी ल्याएको थियो ।

,orning glory badhai
dirghayi clinic

ती गरगहना भारतबाट चोरी गरी ल्याएर आँपको रुखमा राखेको बताइएको छ । प्रहरीले बरामद गहनाको मूल्य र तौल सार्वजनिक गर्न आनाकानी गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएपछि सोमबार प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर रावतले प्रेस विज्ञप्ति सार्वजनिक गरी जानकारी दिएका छन् ।

डिएसपी रावतले सार्वजनिक विज्ञप्तिमा भनिएको छ,‘प्रहरीले सो गरहगना कानुन बमोजिम बरामदख गरी सुरक्षित राखेको, लुधियानाको प्रहरी हिरासतमा रहेकी रेखा धामीसंग समन्वय गरी बुझ्दा निज ५ जना मानिसहरु चोरीमा संलग्न नभई चोरीको समान फिर्ताका लागि आएको भन्ने स्पष्ट भए पश्चात् निजहरुलाई छाडिएको र उक्त बरामद गर गहनाहरुको शुद्ध वास्तविक तौल र वास्तविक मूल्य पत्ता लगाउनु गरगहनालाई नपगाली सम्भव नहुने र पीडित व्यक्ति प्रहरीको सम्पर्कमा आइ सकेको हुँदा उक्त गरगहनाहरु यथास्थितिमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा राखिएको , औपचारिक प्रक्रिया पूरा भए पश्चात् सम्बन्धित पीडित परिवारलाई फिर्ता गरिने व्यहोरा जानकारीका लागि अनुरोध छ’ विज्ञप्तिमा भनिएको छ ।

Himal dental
सम्बन्धित
Loading...