

महेन्द्रनगर । भीमदत्त नगर पालिका २ को वेष्टर्न एग्रो फर्म र भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बिच जेठ १२ गते कुखुरा पालनका अनुदान सम्झौता भयो ।
फर्म सञ्चालकलाई जेठ २० गते कार्यालय बोलाएर जेठ १२ गतेको मितिमा सम्झौता गरिएको कागज प्रदान गरिएको थियो ।

सम्झौता अनुसार फर्मले कुखुरा खोर बनाए । खोर बनाउन नक्सा दिएको थिएन । लगत इस्टमेट मात्रै दिइएको थियो ।
असार २२ गते कार्यालय प्रमुख डा. रशिन पाण्डे नेतृत्वमा तीन सदस्यीय टोली अनुगमनमा गयो । टोलीले खोर खोर जस्तो नभएको भन्दै प्रतिवेदन बनायो । असार मसान्तमा भुक्तानी रोकियो ।
फर्म सञ्चालक एबी मल्लले कार्यालयमा निवेदन दिए । अर्को दिन आफूले भुक्तानीका लागि कार्यालयमा पेश गरेका सबै कागजातको प्रतिलिपी मागेर ल्याए । उनले आफूसित कागज नभएकाले माग गरिएको बताए ।
कार्यालयले खोर निर्माण प्राबिधिक नाप जाच अनुसार मूल्याङ्कन सम्बन्धि कागज दिन अस्वीकार गर्यो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कानुन शाखाको सल्लाहमा प्राबिधिक मूल्यांकन सम्वन्धि कागज नदिएको कार्यालयका सूचना अधिकारी गणेश धामीले बताए ।
कार्यालयले गत आर्थिक बर्षमा कुखुरा, माछां, बङगुर, भैसी, बाख्रा, डेरी गरी डेढ सय भन्दा बढीलाई अनुदान बाँडेको छ ।
प्रदेश सरकारले बर्सेनी अनुदान बाँड्दै आएको छ । कार्यालयसित सम्झौता अनुसार भुक्तानी नभएपछि वेष्टर्न एग्रो फर्म असन्तुष्टि पोखेको छ । फर्मको असन्तुष्टिपछि अनुदान वितरण शंकाको घेरामा परेको छ ।
फर्मले प्राबिधिक नाप जाच अनुसारको भुक्तानी दिनु पर्ने माग गरेको छ ।

‘कुखुराका चल्ला हाल्न सकिएन, बर्ड फ्लुका कारणले त्यो सकिएन , अरु खोर निर्माण कार्य जति भएको छ, त्यस अनुसार एमबी उठाईएको छ, काम जति भएको छ, त्यसको भुक्तानी दिनु पर्ने माग राखेको हो ’ फर्म संचालक मल्लले भने ।
फर्म सञ्चालक मल्लले कार्यालय प्रमुखसित उनको कार्यकक्षमा सम्झौता अनुसार भुक्तानी नदिएर आफ्नो लगानी डुबेको गुनासो गर्दै भने – ‘वहाँहरुसित सम्झौता गरियो, काम गरियो, अन्तिममा काम भएन भनेर अनुदानबाट वन्चित गरियो, भएको कामको लगानी दिनु पर्यो, अहिले भएन भन्न हुन्छ भने त्यो वेला नक्सा दिनु पथ्र्यो ।’
कार्यालय प्रमुख पाण्डेले उनलार्य केही जवाफ दिएन ।

भुक्तानी सम्वन्धि कागजात माग्दा फर्म सञ्चालकले प्रमुखसित यो गुनासो राखेका हुन् । त्यसपछि हामीले कार्यालय प्रमुख पाण्डेयलाई गुनासो बारे सोध्यौ । उनले यस बारे सबै कुरा योजना प्रमुख गणेश धामीलाई जानकारी भएको बताए ।
कार्यालय प्रमुख पाण्डेयले प्राबिधिक जाच सम्वन्धि पनि जिज्ञासामा उनले कोटेसन मागेर कन्सल्टेन्सीसित सम्झौता गरिएको बताए ।
उनले थप जानकारी लेखा शाखाबाट लिन भने ।
कार्यालयका मत्य बिकास अधिकृत धामी योजना प्रमुख र सूचना अधिकारी छन् । यो सम्वन्धि थप जानकारीका लागि सूचना अधिकारी धामीसित कुरा गरियो ।
धामीले सम्झौता अनुसार काम नभएको देखिएपछि भुक्तानी नभएको बताए । उनले सम्झौता पछि नक्सा नदिएको बताए । लागत इष्ट्मेट भने दिइएको उनले बताए ।
अनुदान सम्झौता गरिएको कामको प्राबिधिक मूल्याङ्कनका लागि ४ लाख ९७ हजार रकममा परामर्शदातालाई जिम्मा दिइएको छ ।
चैत १९ गते बी एण्ड सी इन्जिनियरिङ्ग प्रालि र कार्यालयबिच सम्झौता भएको थियो ।
इस्टमेट बनाउने, मूल्यांकन गर्ने र अन्तिम बिल बनाउने जिम्मा बि एण्ड सी लाई दिइएको लेखा शाखाले जानकारी दिएको छ । लेखा शाखाले नियम कानुन अनुसार सम्झौता भएका फर्मलाई भुक्तानी दिइएको जानकारी दिएको छ ।
कार्यालयले गत आर्थिक बर्षमा बितरण गरेको ब्याज अनुदानमा गुनासो आएका छन् । आर्थिक वर्षको अन्त्यतिर ब्याज अनुदान बाँडिएको थियो ।
कार्यालयबाट बाँडिएको माछा पालन अनुदानमा पनि गुनासो आएको छ । सम्झौता भएका केही फर्म सञ्चालकले न्याय खोेज्ने बताएका छन् ।
वेस्टर्न एग्रो फर्म सञ्चालक मल्ल कमिसन मिलेमतोमा अनुदान वितरण कुरा आफूले सुनेको र आफूसित भने त्यसबारे कुरा नभएको बताउँछन् ।
सामाजिक सञ्जाल र मिडियामा सम्झौता अनुसार अनुदान भुक्तानी नभएको सार्वजनिक भएपछि जिल्ला समन्वय समिति कंचनपुर प्रमुख दुर्गा दत्त बोहराले चासो देखाएका छ्न ।
समन्वय प्रमुख बोहराले भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डा. पाण्डेसित जानकारी लिएका छन् ।
डा. पाण्डेले समन्वय प्रमुख बोहरालाई सम्झौता अनुसार काम नभएकाले भुक्तानी रोकिएको जवाफ दिएका छन् ।
गत आर्थिक वर्षमा स्थानीय पोल्ट्री पालन कार्यक्रम अन्र्तगत १० लाख बजेट आएको थियो । त्यसका लागि ७ फर्म छनौट गरिएका थिए ।
