ghar sansar

उदयदेब बहुउद्देश्यीय सहकारीको शेयर पूँजी २३ करोड नाघ्यो, २६ हजार बढी पुगे शेयर सदस्य

khasi

महेन्द्रनगर । उदयदेब बहुउद्देश्यीय सहकारी संस्थाको शेयर पूँजी २३ करोड नाघेको छ । सहकारीले बिहीबार सार्वजनिक २०८३ असार मसान्तसम्मको विवरणमा शेयर पूँजी २३ करोड १८ लाख ५६ हजार ४ सय पुगेको सार्वजनिक भएको छ ।

सार्वजनिक विवरणमा २६ हजार ९ सय २६ जना शेयर सदस्य पुगेका छन् । सहकारीको जगेडा कोष २१ करोड ७३ लाख २२ हजार ९ सय ११ र अन्य कोषमा १ करोड ६८ लाख ७१ हजार ८ सय १६ रुपैँया छ ।

असार मसान्तसम्म सहकारीमा बचत रकम २ अर्ब २४ करोड ८० लाख २७ हजार पुगेको छ । यसैगरी १ अर्ब ६८ करोड ४४ लाख ५४ हजार ऋण प्रवाह भएको छ ।

dirghayi clinic

सहकारीमा ५५ दशमलव १५ प्रतिशत तरलता छ । ७ हजार ८ सय ६३ जनाले सहकारीबाठ ऋण लिएका छन् । सहकारीको संस्थागत पूँजी २२ करोड ८२ लाख छ ।

सहकारीको कुल सम्पत्ति दुई अर्ब ९८ करोड ८२ पुगेको सार्वजनिक विवरण उल्लेख गरिएको छ ।

सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले सहकारी विभागको निर्देेशन अनुसार हरेक महिनाको विवरण सार्वजनिक हुँदै आएको बताए ।

Himal dental
सम्बन्धित
Loading...