ghar sansar

महेश्वर माविा १२ कोठाको तीन तले भवन निर्माण सुरु, भीमदत्तका उप मेयरले गरिन् शिलान्यास

khasi

महेन्द्रनगर । भीमदत्त नगर पालिका १० सुकासालस्थित महेश्वर माध्यमिक विद्यार्थीलयमा तीन तले भवन निर्माण कार्य सुरु भएको छ । भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले आइतबार भवन निर्माण कार्य शिलान्यास गरिन् ।

भारतीय राजदूतावास र भीमदत्तको साझेदारीमा भवन बनाउन लागिएको छ । तीन तले भवनमा १२ कोठा छ्न । सबै तलाम छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालय निर्माण हुने प्रधानाध्यापक जनक राज जोशीले बताए ।

भवन निर्माण भारतीय राज दूतावासको ९० प्रतिशत र बाकी १० प्रतिशत भीमदत्त नगरपालिकाले व्यहोर्ने भएको छ ।

भवन निर्माणका लागि ४ करोड ८ हजारको ठेक्का खोलिएको थियो । निर्माण व्यवसायीले घटाघटीमा २ करोड ३९ लाख कबोल गरेपछि सम्झौता गरिएको थियो ।

dirghayi clinic

ठेक्का सम्झौता अनुसारको रकमको ९० प्रतिशत राजदूतावास र बाकी भीमदत्तले खर्च व्यहोर्न लागेका हुन् । विद्यालयले भीमदत्त नगर पालिका मार्फत ४ करोड रुपैयाको भवन निर्माण प्रस्तावना पठाएको थियो ।

भवन निर्माण भएपछि विद्यार्थीलाई कक्षा कोठा अभाव नहुने बताए ।

विद्यार्थी सङ्ख्या अनुसार कक्षाकोठा नभएर अहिले विद्यार्थीलाई सेक्सन बनाएर पढाउन समस्या भएको प्रधानाध्यापक जोशी बताउँछ्न ।

‘कोठाको एकदमै समस्या थियो, सेकसन बनाएर पढाउन कोठा नै थिएन, निकै नै समस्या थियो’ प्रधानाध्यापक जोशीले भने, अब यो भवन बनेपछि समस्या हल हुन्छ ।’ 

भवन शिलान्यास कार्यक्रममा भीमदत्तका उप मेयर सहित सामाजिक विकास समितिका संयोजक सुशिल कुमार भट्ट, प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, प्रशासकीय अधिकृत हरि सिह धामी, शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख हरिदत्त जोशी, भारतीय राजदुतावासका कर्मचारी लगायत सहभागी भएका छन् ।

बाल बिकासदेखि कक्षा १० सम्म पढाई हुने यस विद्यालयमा ६ सय बढी विद्यार्थी अध्ययनरत छन् ।

 

Himal dental
सम्बन्धित
Loading...