ghar sansar

बाल विवाह विरुद्ध पोष्टर बोकेर सडक किनारमा उभिए किशोरी

khasi

महेन्द्रनगर । बाल विवाह सामाजिक कलङ्क हो, यसलाई जरैदेखि उखेलौ लेखिएको पोष्टर बोकेर भीमदत्त नगरपालिका ३ तिलकपुरकी उत्तरा सुनार र सन्ध्या सुनार आइतबार विहान जनज्योति चोक आएर उभिइन् ।

हल्दुखालस्थित जनसेवा माध्यमिक विद्यालयमा अध्ययनरत उनीहरु तिलकपुरका अन्य साथीहरुसंगै जनज्योति आएर पोष्टर समातेर उभिए ।

उत्तरा कक्षा १० र सन्ध्या कक्षा ७ मा पढ्छन् । ‘बाल विवाह गरे जीवन अँध्यारो हुन्छ, पढाई छुट्छ, त्यसैले बाल विवाह गर्न हुँदैन’ १० कक्षामा अध्ययनरत उत्तराले भनिन् ।

प्रगति किशोरी समूहका आवद्ध भएपछि बाल विवाह विरुद्ध लागेकी उनी सानै विवाह नगरी आफ्नो क्षमता अनुसार काम गर्न सकिने बताउँछिन् ।  ‘विहे त २० वर्ष पुगेपछि मात्रै गर्ने हो, आफ्नो क्षमता अनुसार काम गर्न पाइन्छ’ उनी भन्छिन् ।

उनीहरुसंगै तिलकपुरकी विपना दमाई जल वायु परिवर्तनका असरका चित्र कोरिएको पोष्टर बोकेर उभिएकी थिइन् ।
उत्तरा, सन्ध्या र विपना लगायत तिलकपुरका युवतीले आइतबार विहान जनज्योति र विपीन चोकमा बाल विरुद्ध पोष्टर कार्ड बोकेर उभिएका छन् ।

विहान ९ बजेदेखि उनीहरु जनज्योति चोकमा सडक किनार उत्तर र विपिन चोकमा सडक दक्षिण बाल विरुद्ध एक घण्टा उभिएका छन् ।

उनीहरु सबै गैर सरकारी संस्था पेसवानको बाल विवाह विरुद्ध सञ्चालित परियोजना अन्र्तगत गठित प्रगतिशिल किशोरी समूह र एकता किशोरी समूहमा आवद्ध छन् ।

भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका ६ वडामा कार्यक्रम सञ्चालनमा छ । समूह आवद्ध किशोरी सडकमा आवतजावत गर्ने सबैलाई बाल विरुद्ध जानकारी दिन पोष्टर बोकेर आएका हुन् ।

भीमदत्त नगरपालिका ३ तिलकपुरकी राधिका धामी बैजनाथ माध्यमिक विद्यालय नयाँ तिलकपुरमा कक्षा ८ मा पढिछन् । उनी कमजोर आर्थिक अवस्था र छोरीले भनेको नसुन्ने संस्कारले बाल विवाह हुन गरेको बताउँछिन् ।

‘छोराले गरेको कोही पनि देख्दैन, छोरीलाई पढ भन्दा पढेन, अर्को घर गैइ हाले दुःख पाली भन्छन्’ उनले भनिन् ।

कबड्डी खेलाडी बन्ने लक्ष्य राखेकी उनी आफ्नो आमाको १५ बर्ष उमेरमै विवाह भएको बताउँछिन् ।

dirghayi clinic

दुई महिनादेखि उनी कबड्डी प्रशिक्षक विष्णु भट्टको एकेडेमी पुगेर कबड्डी सिकि रहेकी छन् ।

उनी आफूसंगै साथीले विवाह गरेको देखेर निकै दुःख लागेको बताउँछिन् ।  ‘साथीले बिहे गरेको छ, त्यति बेला यो थाह थिएन’ उनी भन्छिन्,‘ छोरा समेत भई सकेको छ ।’

तिलकपुरकी जेनिसा चौधरी सञ्चो नभएर पनि पोष्टर बोकेर उभिएकी थिइन् । महाकाली मोडर्न स्कुलमा अध्ययनरत चौधरीलाई ज्वरो आएको थियो ।

अस्मिता सुनार र आइसा चौधरीले सानै उमेरको विवाहले खोस्छ खुसी र स्वास्थ, समाजलाई जोगाऔ लेखिएको पोष्टर बोकेकी थिइन् ।

कक्षा १० मा पढ्ने आइसा बाल बिबाह रोक्नका लागि जन चेतना फैलाउन सडकमा आएर उभिएको बताइन् ।

गाउँ वस्तीमा आफूले दुई जना बाल विवाह गरेको देखेको उनी बताउँछिन् । मोबाइल चलाएर पनि विवाह भएको उनले बताइन् । ‘बाल विवाह गरेपछि आफूले हक पाउन सकिदैन’ उनी भन्छिन् ।

अन्तरा चौधरी र मोनिता डगौराले उमेर पुगेर मात्र विवाह सुखमय जीवनको आधार लेखिएको पोष्टर कार्ड बोकेका थिए ।

उनीहरुसंगै हिमांशी चौधरी दाइजो विरद्ध नारा लेखिएको पोष्टर बोकेर उभिएकी थिइन् । ‘छोरी पनि दिने दाइजो पनि दिने’ गौरी शंकर आधारभूत विद्यालयमा अध्ययनरत हिमांशीले भनिन् ।

घरबाट विहान आएका उनीहरु सडक किनारमा विहान ९ बजदेखि उभिन थालेका हुन् ।

सडक किनारमा उभिएपछि उनीहरुले सडकमा हिँड्ने व्यक्तिहरुले चासो देखाए । सडकमा गुडि रहेका यात्र र चालक समेत उनीहरु हेरेर पोष्टर पढे ।

बाल विवाह न्यूनीकरणका लागि सामाजिक सचेतना अभिवृद्धि गर्न पोष्टर बोकेर किशोरीहरु सडकमा उभिएको संस्थाका कार्य समिति सदस्य दमन चन्दले बताए ।

उनीहरु सबैले बाल विवाह र जलवायु परिवर्तनका असर सम्बन्धी विभिन्न सन्देश लेखिएका पोष्टर बोकेका थिए ।

‘सडकमा हिँडडुल गर्ने सबैलाई बाल विवाह विरुद्ध जन चेतना फैलाउन किशोरीहरु सडकमा उभिएका हुन्’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...