

महेन्द्रनगर । कृष्णपुर नगरपालिकामा नदीजन्य पदार्थको अवैध उत्खनन भएको पाइएको छ । खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थ उत्खनन गर्न बन्द गरिएपछि अवैध रुपमा उत्खनन गरिएको छ ।
कृष्णपुर नगरपालिका १ बाट अवैध उत्खनन कार्य प्रहरी कारवाहीमा परेको छ । प्रहरीले कृष्णपुर नगरपालिका १ सुन्दरीफाँटास्थित ओदाली खोलाबाट अवैध उत्खननमा संलग्न सवारी सहित ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार अवैध उत्दखनको सूचनापछि इलाका प्रहरी कार्यालय गुलरियाको टोली सुन्दरीफाँटा पुगेको थियो ।
इलाका प्रहरीको टोलीले खोलाबाट उत्खनन गरी ट्रयाक्टबाट ल्याउँदै गरेको अवस्थामा बरामद गरेको हो । अहिले ती सवारीका चालक सहित ट्रयाक्टर इलाका प्रहरी कार्यालय झलारी पुगाइएका छन् ।

इलाका प्रहरी कार्यालय गुलरियामा मुद्दा चलाउन नमिल्ने भएपछि चालक सहित झलारी ल्याइएको हो । दुबै चालक प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।
नदीजन्य पदार्थ बोकेर आउँदै गरेका ती दुबै ट्रयाक्टरलाई शुक्लाफाँटा नगरपालिका ८ बेल्डाँडीबाट नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले नियन्त्रणमा लिएका दुबै ट्रयाक्टरका पूरै ट्रालीभित्र ढङ्गा लोड गरिएको अवस्थामा भेटिएको बताए ।
प्रहरी नियन्त्रणमा राखिएका ती दुबै ट्रयाक्टर से १ त १८०१ र सु.प.प्र. ०१–००२त –४८३८ नम्बरका छन् । दुबै ट्रयाक्टरका चालक सुन्दरीफाँटाका स्थानीय हुन् ।
१८०१ लाई पुस्कल चौधरी र अर्कोलाई प्रकाश चौधरीले चलाएका थिए । खोलाबाट लोड गरी झलारी बजाउने आउने क्रममा विहान १० बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता रावतले प्रेषित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
