ghar sansar

जनताका गुनासा सुनेर के गर्न चाहन्छन् रास्वपा साँसद ?

khasi

महेन्द्रनगर । कञ्चनपुरमा प्रतिनिधि सभा सदस्यले नागरिक सुनुवाइ तथा जनतासँग सांसद कार्यक्रममार्फत जनगुनासा र समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्यले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै व्याप्त जनगुनासो र समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य जनकसिंह धामीले चार वटै पालिकाका विभिन्न वडामा नागरिक सुनुवाइ कार्यक्रम राखिएको बताए। उनले नागरिक सुनुवाइ कार्यक्रममार्फत यस क्षेत्रमा व्याप्त जनगुनासा समाधान गर्दै जाने बताए ।

dirghayi clinic

शनिबार बेलौरी–९, खल्लाकुन्डामा सञ्चालन गरिएको नागरिक सुनुवाइ कार्यक्रममा स्थानीयले यस क्षेत्रमा अव्यवस्थित सडक, शुद्ध खानेपानी समस्या तथा रोजगारीको समस्या समाधान गर्न माग गरेका थिए । स्थानीय गोपाल चौधरीसहितका स्थानीयले खराब सडकका कारण यात्रा गर्न कठिनाइ बेहोर्नु परेकाले सडक कालोपत्रेको माग गरे ।

त्यसै गरी प्रतिनिधि सभा सदस्य धामीले बेलौरी बजारबाट दक्षिणतर्फ रहेको छोटी भन्सारक्षेत्रको स्थलगत अनुगमन गर्दै खजुरिया जोड्ने सडक कालोपत्रेका साथै भन्सार स्तरोन्नतिका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । यससँगै उनले बेलडाँडीस्थित चौधर नदी, दोदा नदी तथा अन्य जोखिमयुक्त खोलानालालगायत क्षेत्रका स्थलगत अनुगमन गरेका छन् ।

त्यसै गरी निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य दीपकराज बोहराले जनसंवाद यात्रा सञ्चालन गरेका छन् । अभियानमार्फत वडा, टोल, घर घरमा पुगेर समस्या पहिचान र समाधानको प्रयास भइरहेको जनाइएको छ  ।

प्रतिनिधि सभा सदस्य बोहोराले शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडामा पुगेर जनसमुदायको आवश्यकता, समस्या पहिचान र समाधान गर्ने उद्देश्यले यस अभियान सञ्चालन गरिएको स्पष्ट पारे ।

Himal dental
सम्बन्धित
Loading...