ghar sansar

दोधारा चाँदनीका युवामाथि भारतीय एसएसबीले गरेको दुव्र्यवहारको एमाले नेता सिंहले गरे निन्दा, छानबिन गरी कारवाही गर्न माग

khasi

महेन्द्रनगर । नेकपा एमालेका युवा नेता बचन बहादुर सिंहले दोधारा चाँदनीका दुई जनालाई शारदा बाँध क्षेत्रमा गरेको दुव्र्यवहार निन्दनीय भएको भन्दै निष्पक्ष छानबिन गरी कारवाही हुनु पर्ने माग गरेका छन् ।

शारदा बाँध क्षेत्रमा घुम्ने क्रममा भारतीय एसएसबीले दोधारा चाँदनी नगरपालिका २ की हिमानी गिरी र उनका भाईलाई गालीगलौज गर्दै कुटपिट गरेको थियो ।

भारतीय एसएसबीले गालीगलौज र कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । एमाले नेता सिंहले नेपाल र भारत दुबै सरकारलाई जिम्मेवार र प्रभावकारी कदम चाल्नु आग्रह गरेका छन् ।

‘नेपाली नागरिकमाथिको कुनै पनि अन्याय अब सह्य हुने छैन। नेपालको सार्वभौमिकता, नेपालीको आत्मसम्मान, स्वाभिमान र नागरिकको सुरक्षामाथि चोट पुग्ने कुनै पनि घटनामा दुवै सरकारले तत्काल, जिम्मेवार र प्रभावकारी कदम चालोस। मित्रता बराबरी, सम्मान र न्यायमा टिक्छ—धम्की, दमन र मौनतामा होइन। भारतीय सुरक्षाकर्मीको हैकमवादी व्यवहार तत्काल रोकियोस्, घटनाको निष्पक्ष छानबिन होस् र दोषीमाथि कडा कारबाही गरियोस्’ सिंहले भनेका छन् ।

सामाजिक सञ्जालमा एसएसबीले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि सिंहले सामाजिक सञ्जालबाट घट्नाको भत्र्सना गरेका छन् ।

dirghayi clinic

‘कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–२ की स्थानीय हिमानी गिरी र उनका भाइमाथि शारदा ड्याम क्षेत्रतर्फ घुम्न जाने क्रममा भारतीय सुरक्षाकर्मीबाट कुटपिट भएको भनिएको भिडियो समेत सार्वजनिक भएको छ’ उनले भनेका छन्, ‘यस अघि मधेशबाट दुई बोरा मल ल्याएको आरोपमा नेपाली नागरिकलाई भारतीय जेल पठाइएको घटना होस् वा नेपाली चियाका कन्टेनर रोकिएका विषय—यस्ता घटनाले सीमा क्षेत्रमा नेपाली नागरिक असुरक्षित बन्दै गएको गम्भीर चिन्ता पैदा गरेको छ ।’

सामाजिक सञ्जालबाट नेता सिंहले भारत सरकार सन्देश र नेपाल सरकारलाई प्रश्न गरेका छन् ।

भारत सरकारलाई दिएको सन्देशमा उनले दुई देशबीचको मित्रताको परीक्षण पारस्पारिक सम्मान र न्यायपूर्ण व्यवहारबाट हुनु पर्ने उल्लेख गरेका छन् ।

‘भाषणमा नेपालसँगको सम्बन्ध “रोटी–बेटी“ को हो भनेर मात्र मित्रता प्रमाणित हुँदैन । रोटीका लागि मल ल्याउने नेपाली जेल हालिन्छन् र चेलीबेटि माथि दिनदहाडै हातपात हुन्छ भने त्यो सम्बन्ध हो कि हेपाहा प्रवृत्ति ? मित्रताको वास्तविक परीक्षा कमजोरमाथि बल प्रयोग गरेर होइन, पारस्परिक सम्मान र न्यायपूर्ण व्यवहारबाट हुन्छ’ भारत सरकारलाई दिइएको सन्देशमा उल्लेख छ ।

सिहले नेपाल सरकारलाई अपमानित हुँदा मौन बस्नु नहुने र कुटनीतिक पहल गर्नु पर्ने बताएका छन् । ‘नेपाली नागरिकको सुरक्षा र सम्मान सुनिश्चित गर्नु सरकारको पहिलो दायित्व हो । सीमा क्षेत्रमा आफ्नै नागरिक अपमानित भइरहँदा मौन बस्ने मात्र होईन बल्कि आत्मसमर्पण गर्ने प्रवृत्ति बड्दै गएको देखिन्छ । कूटनीति भनेको आत्मसमर्पण होइन; राष्ट्रिय हित र नागरिकको सुरक्षाको दृढ रक्षा गर्नु हो। आवश्यक परे कडा कूटनीतिक पहल, औपचारिक विरोध र अन्तर्राष्ट्रिय मञ्चमा समेत विषय उठाउने साहस सरकारले देखाउनु पर्छ’ सिंहले भनेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतीय भूमि मिचेको अभिव्यक्ति दिएपछि सीमा क्षेत्रमा नेपालीमाथि ज्यादति बढेको सिंहले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

‘सीमा क्षेत्रमा नेपाली नागरिकमाथि भएको कुटपिट, दुव्र्यवहार र पक्राउसम्बन्धी घटनाहरू दिन प्रतिदिन बढ्दै गएकाछन बिशेषगरी नेपालका प्रधानमन्त्री बालेन शाहले हामिलेपनि भारतको भूमि ठाउँठाउँमा मिचेकाछौ भनेपछि यो क्रम अझै बड्दै गएको देखिन्छ, यो दुई देशबीचको सीमाको विषय मात्र होइन यो नेपाली नागरिकको सम्मान, सुरक्षा र सार्वभौमिकता माथिको गम्भीर प्रश्न हो’ उनले भनेका छन् ।

Himal dental
सम्बन्धित
Loading...