ghar sansar

शारदा ब्यारेज अबदेखि बिहान ५ः३० बजेदेखि नै खुल्ने

khasi

महेन्द्रनगर । महाकाली नदीको शारदा ब्यारेजमा विहान ५ः३० बजेदेखि आवामगन खोलिने भएको छ ।

कञ्चनपुरका उद्यमी व्यवसायीको पहलपछि भारतीय पक्षसित कामा पैदल यात्रु र दुई पाङ्ग्रे सवारी साधनका लागि बिहान ५ः३० बजेदेखि आवतजावत खुला गर्ने निर्णय गरिएको छ ।

dirghayi clinic

कञ्चनपुर उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष माधव प्रसाद जोशीले अत्यावश्यक कामका लागि रात्रिकालीन समयमा पनि आवतजावत सहज बनाइने सहमति भएको जानकारी दिए ।

जोशीका अनुसार चार पाङ्ग्रे सवारी साधनका लागि पुरानै समय तालिका कायम रहनेछ । उद्योग वाणिज्य संघको साधारण सदस्य कार्ड भएका व्यवसायीलाई विशेष सहजीकरण गरिनेछ ।

यो निर्णय कञ्चनपुर उद्योग वाणिज्य संघ, भारतीय एसएसबी, एसडीएम वनबासा, वनबासा व्यापार मण्डल र उत्तराखण्ड सरकारबीच समन्वयमा गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...