ghar sansar

भीमदत्तमा मल आयो कि हारालुछ

khasi

महेन्द्रनगर । उदयदेब बहुउद्देश्यीय सहकारी संस्थाले सोमबार ४५ कट्टा युरिया पाएपछि भीमदत्त नगरपालिका १९ बागफाँटाका किसानलाई बाँड्न लगियो ।

बागफाँटा मल पुग्न अघिदेखि स्थानीय लाइल लाग्न थालि सकेका थिए । मल पुगेपछि मल लिन दुई सय बढी स्थानीयको लाइन लाग्यो । सहकारीले ५ जनालाई एक कट्टा पर्ने गरी भाग लगाए । एक जानको भाग बढीमा १० किलोसम्म पर्ने गरी भाग लगाइयो । त्यस बढी दिन सकिने अवस्था भएन ।

‘त्यहाँ किसानले निकै माग गर्नु भयो, हिजो आएपछि सिंधै त्यहीं लगेका थियौ’ सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले भने,‘ लाइन ठूलो लाग्यो, युरिया कम भयो, के गर्ने नगर्ने भन्ने भो, त्यसपछि ५ जनालाई एक कट्टा दिएर पठायौ, त्यहाँ खोलेर दिन सकिने अवस्था पनि भएन ।’

मल लिनेको भीड भएपछि प्रहरी चौकीबाट प्रहरी आएर सुरक्षा दिए । स्थानीयले अझै मल उपलब्ध गराउन माग गर्दै आएको चन्दले बताए ।

‘मलको अरु वर्ष पनि अभाव हुन्थ्यो, तर यो साल अरु वर्ष भन्दा बढी नै छ’ उनले भने,‘अहिले सुन भन्दा बढी मूल्यवान बनेको छ मल ।’

किसानको आग्रह अनुसार सहकारीले केही दिन अघि डिएपी मल वितरण गरेको थियो ।

सोमबार कञ्चनपुर उद्योग बाणिज्य संघ नजिक सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाको मलखाद बिक्री केन्द्रमा दिउँसो अचानक भीड लाग्यो । सहकारीमा १५ कट्टा मल आएको थियो । मल बाँड्न सहकारीका व्यवस्थापक रघुनाथ भट्ट आफैं मलखाद केन्द्र पुगे ।

dirghayi clinic

‘५ कट्टा भए पनि मलाई पनि दिनु’ मलखाद केन्द्र पुगेका एक किसानले व्यवस्थापक भट्टलाई आग्रह गर्दै भनिन् ।
व्यवस्थापक भट्टले भने, ‘आएको सकियो, अब छैन, अर्को दिन आउनु होला ।’

सहकारीले ५÷५किलोका दरले मल बाँड्यो । कृषि सामाग्री केन्द्र लि.बाट गोदाममा पुग्ने बित्तिक्कै किसान पुगेका थिए ।

धान खेतीदेखि मलको समस्या झेलि रहेका किसान अहिलेसम्म सहकारी संस्था धाइ रहेका छन् । कृषि सामाग्री केन्द्र लिमिटेडले सहकारी मार्फत मलखाद बितरण गर्ने भएकाले किसानहरु आउने धाउन छाडेका छैनन् ।

भीमदत्त नगरपालिकाबाट सोमबार उप मेयर निलम लेखक जोशी, कृषि सामाग्री केन्द्र लि. कार्यालय प्रमुख हेमराज जोशी सहित सरकारीका प्रतिनिधिबीच मलखाद समस्या समाधानका लागि छलफल गरियो ।

भीमदत्तमा छलफल गरिएको अर्को दिन मंगलबार किसान आन्दोलित भएर नगरपालिका पुगेका छन् । कृषि सामाग्री केन्द्रमा मल नपाएपछि उनीहरु नगरपालिका आएका छन् ।

किसानहरुले संघ, प्रदेश र स्थानीय सरकार विरुद्ध नाराबाजी गरेका छन् । उनीहरु मल नपाएसम्म भर नजाने भन्दै भीमदत्तको प्रवेशद्वारमा धर्ना बसे ।
भीमदत्त नगरपालिका ३० सहकारी मलखाल बिक्री वितरणका लागि अनुमति लिएका छन् ।
‘हामी पैसा लिएर नजिककै सहकारीमा गयौँ, तर त्यहाँ मल छैन भने। त्यसपछि भीमदत्त नगरपालिकामा मलको व्यवस्था गर्न दबाब दिन आएका हौँ,’ धर्ना बसेका रतन लुहारले भने, ‘पालिका, प्रदेश र केन्द्रीय तीनै तहबाट धोका भएको छ। चुनावका वेला सबै समस्या समाधान गर्छौँ भन्नेहरू चुनाव जितेपछि गायब भए। किसानलाई मल दिन नसक्नेहरूले के देश बनाउलान् ।’

मलखाद पाउन धर्ना बसेका अर्का किसान पदम चौधरी चार पटक नगरपालिका पुगि सकेका छन् । उनले चार–चार पटक सहकारी धाउँदा पनि मल नपाएको दुखेसो गरे ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले माथिबाट मागअनुसार पर्याप्त कोटा नआएकाले वितरण प्रणालीमा समस्या भएको बताए । उनले वितरण प्रक्रियामा कतै सहकारीबाट बदमासी भएको पाइए कारबाही गरिने चेतावनी पनि दिएका छन् ।

कञ्चनपुरमा एक लाख ६१ हजार ७४१ हेक्टर जमिन रहे पनि ५९ हजार ६०२ हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा हजारौँ किसानले खेतीपाती गर्दै आएका छन् ।

Himal dental
सम्बन्धित
Loading...