ghar sansar

भीमदत्तमा पनि यस वर्षदेखि वडाबाटै भूमि तथा मालपोत कर

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले यस आर्थिक बर्षदेखि वडाबाट भूमि मालपोत तथा सम्पति कर संकलन गर्ने तयारी गरेको छ । भीमदत्तको गत असारमा भएको नगर सभाले वडाबाट कर संकलन गर्ने निर्णय गरेको थियो ।

नगर सभाको निर्णय अनुसार वडा कार्यालयबाट भूमि तथा मालपोत कर संकलन कार्य सुरु गर्ने तयारी गरिएको भीमदत्तका नगरपालिकाका सूचना अधिकारी प्रशासकीय अधिकृत हरि सिंह धामीले बताए ।

नगर बासिन्दाको सहजताको लागि नगर सभाबाट वडाबाटै कर सङकलन गर्ने निर्णय गरिएको धामीको भनाई छ ।

‘घर नजिक आफ्नो वडाबाट जनतालाई सजिलो हुने गरी राजस्व बुझाउने व्यवस्था गर्ने निर्णय गरिएको हो ’ उनले भने, ‘यसले जनतालाई कर बुझाउन नगरपालिका आउने बाध्यता हट्नेछ ।’

dirghayi clinic

वडा कार्यालयमा राजस्व हेर्ने जिम्मा सम्बन्धित वडाका सचिवलाई दिइएको छ । भीमदत्तमा १९ वडा छन् । ती सबै वडामध्ये राजश्व संकलन बढी हुने ४,६, २ र १८ वडाका लागि नगरपालिका कार्यालयबाट कर्मचारी व्यवस्थापन हुने भएको छ । अन्य वडामा मौजुदा जनशक्ति राजस्व संकलनमा परिचालन गरिने बताइएको छ ।

भीमदत्त नगरपालिका १८ का वडा सचिव दिनेश राज भट्टले नगर पालिकाबाट कर्मचारी नआए राजस्व संकलन कार्य गर्न सकिने अवस्था नहुने बताए ।

‘सेवाग्राहीलाई फाइदा हुन्छ, सिंहदरबार घरमै पुगेको आभास हुन्छ’ उनले भने, ‘कर्मचारी आयो भने काम हुने हो, आएन भने हुँदैन ।’

वडा कार्यालयबाट हाल सिफारिस , प्रमाणीकरण घट्ना दर्ता लगायत कार्य हुदै आएका छन् ।

स्थानीय सरकार संचालन ऐन २०७४ मा वडाबट भूमि तथा मालपोत सम्बन्धि राजश्व संकलन गर्न सकिने व्यवस्था छ ।

बेदकोट नगरपालिका, शुक्लाफाटा नगरपालिका लगायतले यस अघिदेखि नै वडाबाट राजस्व संकलन गर्दै आएका छन् ।

Himal dental
सम्बन्धित
Loading...