ghar sansar

गड्डाचौकीमा समातिएका बझाङ्गका बिकले अस्पतालमा दिशा गरेपछि निस्कियो खैरो हिरोइन

khasi

महेन्द्रनगर । प्रहरीले गड्डाचौकी नाकाबाट नियन्त्रणमा लिएका एक जनालाई महाकाली प्रादेशिक अस्पतालमा ल्याएपछि लागु औषध भेटिएको छ ।

इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरले बिहीबार बझाङ्ग जय पृथ्वी बहादुर नगरपालिका ३ का कलम विकलाई भारतबाट नेपाल फर्किने क्रममा नियन्त्रणमा लिएको थियो ।

dirghayi clinic

लागु औषध ओसारपसार गरि रहेको आशंकामा नियन्त्रणमा लिएका २७ वर्षिय विकसित केही नभेटिएपछि महाकाली प्रादेशिक अस्पताल लगेर प्रहरी निगरानीमा राखिएको थियो ।

प्रहरी नियन्त्रणमा रहेका विकले शुक्रबार बिहान दिसा गर्ने क्रममा उनको सात ग्राम ७५ मिलिग्राम खैरो हिरोइन भेटिएको छ ।

प्रहरीका अनुसार दिशामा कालो प्लाष्टिकभित्र ९ पुडियामा खैरो हिरोइन भेटिएको प्रहरीले जानकारी दिएको छ ।

Himal dental
सम्बन्धित
Loading...