

महेन्द्रनगर । पत्रकार खेम भण्डारीले आफूलाई चाल्र्र्स शोभराजलाई जसरी आफूलाई समातिएको बताएका छन् । कञ्चनपुर कारागाबार शनिबार रिहा भएपछि भण्डारीले नेपाल पत्रकार महासंघ कञ्चनपुरको कार्यालयमा पत्रकार सम्मेलन गरेका थिए ।
पत्रकार सम्मेलनमा उनले आफूलाई छिटो प्रक्रिया पूरा गरी चाल्र्स शोभराजलाई समातिए जसरी पक्राउ गरिएको बताएका हुन् ।
निर्मला पन्त प्रकरणमा आफ्नो बेइज्जत हुने गरी समाचार लेखेको भन्दै तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टका छोरा किरण राज विष्टले पत्रकार भण्डारी विरुद्ध अदालतमा गाली बेइज्जत मुद्दा दर्ता गरेका थिए ।
जिल्ला अदालतले २०८२ जेठ १ गते विष्टको मुद्दामा भण्डारीले गाली बेइज्जत गरेको ठहर गर्दै उनलाई एक महिना कैद, १० हजार जरिवना र एक लाख क्षतिपूर्ति तिराउने फैसला गरेको थियो ।

उच्च अदालत दिपायल महेन्द्रनगर इजलाशले सात दिन कैद र दुई हजार एक सय रुपैँया जरिवना थप गरी जिल्लाको फैसलालाई संशोधन गरेको थियो ।
उच्च अदालतको फैसलापछि भण्डारीले सर्वोच्च अदालतमा दोहोरयाई पाउमा निवेदन दिएका थिए । सर्वोच्च निवेदनमा दिएको केही दिनपछि उनलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको थियो ।
भण्डारी पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक डिएसपी टेक बहादुर रावत नेतृत्वको प्रहरी टोली कारागार चलान हुँदासम्म परिचालन गरिएको थियो ।
शनिबार पत्रकार सम्मेलनमा भण्डारीले आफूले अदालतबाट फैसलाको नक्कल लिएको ४५ दिन नपुग्दै छिटो प्रक्रिया पूरा गरी पक्राउ गरिएको बताए ।
‘समान्यतया कस्तो हुन्छ भने फैसला भएको एक वर्षसम्म, जस्तो मैले अदालतबाट फैसलाको नक्कल लिएको छैन भने त्यसको कस्तो हुन्छ भने मलाई एक तह उच्च सर्वोच्च अदालतसम्म पुनरावेदन गर्ने अधिकार हुन्छ, मैले नक्कल लिइ सकेको छु भने मलाई ४५ दिनको अधिकार हुन्छ’ पत्रकार सम्मेलनमा उनले भने, ‘नक्कल लिएर म सर्वोच्च अदालतमा दोहो¥याई पाउमा निवेदन दिएर प्रक्रियामा गइ सकेका थिए, मैले काठमाडांैमा निवेदन दर्ता गराई आइ सके, अहिले त्यसको प्रक्रिया सुरु भइ सकेको छ, म फेरि काठमाडौ जाने तयारी गरि रहेका बेला एकदमै छिटो प्रक्रिया सुरु गरेर तत्काल मलाई पक्राउ गरियो, र मलाई कारागार पठाइयो, यहाँसम्मकी एक रुपैँया एक घण्टा पहिला साँकेतिक सजाय गरिएको थियो, त्यसलाई पनि पटके कायम गरियो, अदालत अपहेलनाको केश थियो, ठिक छm अदालतलाई लाग्यो पटके भनि सकेपछि मलाई केही छैन, यति छिटो प्रक्रिया गरियो कि चाल्र्स शोभराज समातेजस्तो गरियो । जबकी ४५ दिनसम्म कुर्न सकिन्थ्यो, म धरौटीमा बसेको थिए, ४५ दिनपछि गर्दा त्यो ठिक हुन्थ्यो ।’
भण्डारीले छिटो प्रक्रिया पूरा गरी पक्राउ गर्दा आफ्नो स्वच्छ न्यायको अधिकार हनन गरिएको उल्लेख गरे ।
