ghar sansar

पत्रकार भण्डारी न्याय परिषद् जाने

khasi

महेन्द्रनगर । गाली बेइज्जत मुद्दामा कैद सजाय भुक्तान गरी जेल मुक्त भएका कञ्चनपुरका अग्रज पत्रकार खेम भण्डारी न्याय परिषद् जाने भएका छन् ।

कञ्चनपुर कारागारमा ३७ दिन कैद सजाय भुक्तानी गरी शनिबार बिहान छुटेका उनले दिउँसो पत्रकार सम्मेलन गरी आफूलाई कैद सजाय गराउने अदालतको फैसला विरुद्ध न्याय परिषद् जाने बताएका हुन् ।

भीमदत्त नगरपालिका २ की १३ वर्षिया निर्मला पन्त प्रकरणमा पत्रकार भण्डारीले पत्रिका र सामाजिक सञ्जालबाट आफ्नो बेइज्जत गरेको भन्दै तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा किरणराज विष्टले गाली बेइज्जत दायर गरेको थिए ।

जिल्ला अदालत कञ्चनपुरका तत्कालिन न्यायाधिश राजेन्द्र सिह भण्डारीले २०८२ जेठ १ गते भण्डारीलाई दोषी ठहर गर्दै एक महिना कैद, १० हजार जरिवना र एक लाख क्षतिपूर्ति तिराउने फैसला गरेका थिए ।

जिल्लाको फैसला विरुद्ध भण्डारी उच्च अदालत दिपायल महेन्द्रनगर इजलाश पुगेका थिए । उच्च अदालतले जिल्ला अदालतको फैसलामा सात दिन कैद र दुई हजार जरिवना थप तथा एक लाख क्षतिपूर्ति तिराउने फैसला गरेको थियो ।

dirghayi clinic

उच्च अदालतको फैसलापछि सर्वोच्च अदालतमा दोहो¥याई पाऊ(दो.पा) निवेदन दिएको केही दिनपछि असार १८ गते जिल्ला प्रहरी कार्यालयले फैसला कार्यान्वयनका लागि भण्डारीलाई पक्राउ गरेको थियो । त्यसपछि उनी कारागार चलान गरिएका थिए ।

शनिबार बिहान जेल मुक्त भएपछि भण्डारीले नेपाल पत्रकार महासंघ कञ्चनपुर कार्यालयमा पत्रकार सम्मेलन गरी जिल्ला र उच्च अदालत दुबैको फैसला विरुद्ध न्याय परिषद् जाने बताएका हुन् ।

‘फैसलामा म पत्रकार हो, त्यो काम मेरो पत्रकारिता पेशाभित्र नै पर्छ भनेर भनिएको छ, वादी कुनै छानबिनमा नमुछिएकोले त्यसमा आरोपि गर्न गाली बेइज्जत हो भनेर मलाई सजाय गरियो, सरकारको छानबिन समितिमा नाम किटान गरिएको छ, डिएनए जाँच गरिएको छ, यो कुरालाई फैसलामा नजर अन्दाज गरिएको छ, यसमा प्रतिवादीको कुनै कुरै सुनिएन’ उनले भने, ‘ अहिले सर्वोच्चमा प्रक्रियामा गइ सकेको छ, त्यो सकिएपछि म न्याय परिषद्मा जान्छु ।’

भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको विसं २०७५ साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । अघिल्लो दिन किताब पढ्न साथीको घरमा जानुभएकी पन्तको निम्बुखेडा खोलाको किनारमा रहेको उखुबारीमा शव फेला परेको थियो । घटनास्थलबाटै प्रमाण नष्ट गर्न खोजिएको भन्दै स्थानीयले आन्दोलन गरेका थिए ।

यस प्रकरणमा मुख्य अभियुक्तलाई संरक्षण गर्न खोजिएको भन्दै आन्दोलित स्थानीयका मागका विषयमा समाचार प्रकाशन गरेको मानसखण्ड दैनिकका प्रकाशक तथा सम्पादक भण्डारीले बताए ।

निर्मलाको शरीरमा रहेको सुरुवाललगायतका कपडा प्रमाण सङ्कलन गर्नुअघि नै पानीले धोएर प्रमाण मेट्न खोजिएको, घटनास्थललाई सुरक्षित राख्न घेराबन्दी नगरिएको तथा निर्मलाको गुप्ताङ्ग पखालेर डीएनएको मुख्य प्रमाण नष्ट गरेको आरोप प्रहरीमाथि लागेको थियो ।

घटनास्थल वरपर देखिएका शङ्कास्पद व्यक्तिका पैतालाका डोब तथा निर्मलाका किताब–कापीमा रहेका औँठाछापको प्राविधिक सङ्कलन नगरिएको गृह मन्त्रालयको छानबिन प्रतिवेदनले देखाएको थियो ।

Himal dental
सम्बन्धित
Loading...