

महेन्द्रनगर । सार्क स्कुलका सुरज पन्तले कक्षा १२ को परिक्षामा चार जीपीए ल्याउने विद्यालयको अपेक्षा थियो । अंग्रेजीले उनलाई अपेक्षित नतिजा चुम्न रोकि दियो । उनको ३ दशमलव ९५ जीपीए आयो । पन्त अहिले काठमाडौमा चार्टर्ड एकाउन्टेन्ट (सीए) अध्ययनरत छन् ।
बिद्यालका निर्देशक लक्ष्मण बस्नेतले पन्तको अङ्ग्रेजी बाहेक सबै बिषयमा ए प्लस आएको बताए । ‘४ जिपीए ल्याउने बच्चा हो, अङ्ग्रेजी बाहेक अन्य सबै ए प्लस आयो, अङ्ग्रेजीमा कम भो, उनले भने, ‘राम्रो नै भाको छ ।’
पन्त कक्षा ११ मा उत्कृष्ट जीपीए ल्याएर उत्तीर्ण भएका थिए । बिद्यालय भर्ना भएदेखि १२ कक्षा उत्तीर्णसम्म उनी पढाईमा अब्बल र अनुशासित विद्यार्थी थिए ।
बिद्यालयले उनलाई पठनपाठन निःशुल्क गरेको थियो । १२ कक्षा उत्तीर्ण गरेपछि उनलाई सम्मान गरिएको थियो । पन्त सहित उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाई विद्यालयमा कार्यक्रम गरी सम्मान गरिएको थियो ।
विद्यालयका निर्देशक बस्नेतले सार्क स्कुलको १२ कक्षा पास आउट भएको तेस्रो ब्याच हो । अघिल्ला ब्याच पनि उत्कृष्ठ नतिजा सहित पास आउट भएको निर्देशक बस्नेतले बताए ।
कक्षा १२ को पहिलो ब्याचमा असिम गिरीले उत्कृष्ट जीपीए ल्याएका थिए ।

विद्यालयमा एसईई र कक्षा १२ को नतिजालाई मध्यनजर गरी अतिरिक्त कक्षा सञ्चालन हुने गरेका छन् ।
विद्यालयका कार्यक्रम निर्देशक राजेश भण्डारीले नियमित पठनपाठन, अतिरिक्त कक्षा संचालन र विद्यार्थीको मिहिनेतले उत्कृष्ठ नतिजा आएको बताए ।
८ बर्ष अघि खुलेको यस बिद्यालयम नर्सरीदेखि १२ कक्षासम्म एक हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।
कक्षा ११ र १२ मा १ र बिज्ञान र व्यवस्थापन बिषय पढाई हुन्छ । चालु शैक्षिक सत्रदेखि आधुनिक प्रविधिमा आधारित पठनपाठन सुरु गरिएको छ ।
विद्यालयमा पठनपाठन बाहेक अतिरिक्त क्रियाकलाप प्राथमिकतामा राखिएका छन् । कार्यशाला र प्यानल डिस्कसन आयोजना हुँदै आएका छन् ।
विद्यार्थीहरुलाई भारतका बिभिन्न शैक्षिक संस्थामा अनुभव आदान प्रदान र छ्लफलका लग्ने गरिएको छ । भारतको देहरादुनस्थित साइन्स सेन्टर र रे फाउन्डेसन मुम्बईसित एमयू गरिएको छ ।
देहरादुनको साइन्स सेन्टरमा गत बर्ष कक्षा ८ र ९ का विद्यार्थीले वैज्ञानिकसित छ्लफल गरेका थिए । ‘विद्यार्थीलाई बर्सेनि त्यहाँ लग्छौ, यसबाट विद्यार्थीले केही कुरा सिक्न सक्छ्न’ विद्यालयका निर्देशक बस्नेतले भने ।
