ghar sansar

महेन्द्रनगरका यी तीन चर्चित विद्यालयका ७२ विद्यार्थीले गरे टीयुको इन्जिनियरिङ्ग प्रवेश परीक्षा पास, टेन टपभित्र परे मर्निङ्ग ग्लोरीका बोहरा

khasi

महेन्द्रनगर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरका तीन विद्यालयका ७२ विद्यार्थीले इन्जिनियरिङ्ग अध्ययनका लागि प्रवेश परीक्षा पास गरेका छन् ।

त्रिभुवन विश्वबिद्यालय (टियु) ईन्स्टिच्यु अफ इन्जिनिरिङ्ग संस्थान(आइअओ) केही दिन बेचलर अफ इन्जिनियरिङ्ग र बेचलर आर्कीटेक्ट अध्ययनका लागि प्रवेश परिक्षा लिएको थियो ।

रेडियन्ट माध्यमिक बिद्यालय, लिटिल बुद्ध एकेडेमी र मर्निङ्ग ग्लोरी सेकेन्ड्री स्कुलका विद्यार्थीले प्रवेश परिक्षा उत्तीर्ण गरेका हुन् ।

रेडियन्ट माबिका सबैभन्दा बढी विद्यार्थी प्रवेश परिक्षामा पास भएका छ्न । त्यस पछि लिटिल बुद्धका विद्यार्थी इन्जिनियरिङ्ग अध्ययनका प्रवेश परिक्षा पास छन् ।

मर्निङ्ग ग्लोरीका मिलन बोहराले टेन टपभित्र प्रवेश परिक्षा पास गरेका छ्न । कंचनपुरबाट बोहरा पटक टेन टप भित्र प्रवेश परिक्षा पास गरेको विद्यालयका प्रिन्सिपल चुडामणी शर्माले बताए ।

dirghayi clinic

रेडियन्टका ५५ विद्यार्थीले प्रवेश परिक्षा पास गरी इन्जिनियरिङ्ग अध्ययन गर्ने छन् । उनीहरुमा चिराग अवस्थी, विकास पन्त, बिमल प्रसाद जोशी, रोशन सिह बडाल, जीवन भण्डारी, हिमांशु चन्द, शुभम भट्ट, आयुश भट्ट, प्रशान्त पन्त, बिराज भट्ट, समीर चन्द, उमेश प्रसाद जोशी र जनकराज विष्ट छन् ।

सञ्जिवराज भट्ट, सृजन भट्ट, सदिच्छा बोहरा, सुभास सिह धामी, नितेश भट्ट, सागर जोशी, सृजल पनेरु, रोदन धामी र सन्तोस भट्ट सहित प्रवेश परिक्षा पास भएका छन् ।

लिटिल बुद्व एकेडेमीका १६ विद्यार्थी प्रवेश परिक्षा पास भएका हुन । अशोक खड्का, रबिन्द्र साउँद, रितेश जोशी, सुजन प्रसाद जोशी, प्रतिभा जोशी र किशोर जोशी सहित प्रवेश परिक्षा पास भएका छन् ।

नर्सरीदेखि १२ कक्षा सम्म पठनपाठन हुने यी विद्यालय भीमदत्त नगरपालिकाको संस्थागत विद्यालय वर्गीकरणमा ख वर्गमा छन् । तीन ओटै विद्यालयमा कक्षा ११ र १२ मा बिज्ञान र व्यवस्थापन बिषय पढाई हुने गरेको छ ।

प्रवेश परीक्षा पास भएका विद्यार्थीलाई विद्यार्थीलाई बिद्यालयले बधाई दिएका छन् । लिटिल बुद्ध एकेडेमीले कठोर परिश्रम, लगनशिलता र समर्पणले सफलता सम्भव भएको भन्दै नतिजाले बिद्यालय गौरबावान्तित भएको उल्लेख गरेको छ ।

‘विद्यालयले भनेको छ, हाम्रा मेहनती तथा प्रतिभाशाली विद्यार्थीहरूले IOE (B.E/B.Arch)  प्रवेश परीक्षा २०८३ मा उत्कृष्ट स्थान हासिल गरेकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। तपाईंहरूको कठोर परिश्रम, लगनशीलता र समर्पणले यो सफलता सम्भव बनाएको हो। यस उपलब्धिले सम्पूर्णLittle Buddha Academy परिवारलाई गर्वान्वित बनाएको छ।’

Himal dental
सम्बन्धित
Loading...