

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ सालघारी मामाभान्जा चोकबाट कटुवा पेस्तोल सहित चार युवा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता टेक बहादुर रावतले शंकाका आधारमा मोवाईलमा कटुवा पेस्तोलको फोटो, भिडियोका आधारमा थप अनुसन्धान गर्दै जाँदा उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल सहित पक्राउ गरिएको बताए ।

‘उनीहरुबी एक आपसमा वाद विवाद भएको रहेछ, ‘प्रवक्ता रावतले भने, ‘प्रहरीले उनीहरुको मोवाईल चेकजाँच गर्दा पेस्तोलको फोटो र भिडियो भेटाएपछि वास्तविक पेस्तोलसम्मै प्रहरी पुगेको हो ।’
बेलडाँडी गाँउपालिका ३का १८ बर्षिया विपिन सिह, २० बर्षिया नितेश सिह, कृष्णपुर नगरपालिका ६का राजेन्द्र सिह गोयला र गोदाबरी नगरपालिका १का २० बर्षिया पारस रोकाया रहेका छन ।
प्रहरी प्रवक्ता रावतले विपिन सिहकै डेराबाट पेस्तोल बरामद गरिएको बताए । उनीहरु बिरुद्ध हातहतियार खरखजाना ऐन अनुरुप उनीहरुमाथि अनुसन्धान अघि बढाएर कार्बाही गरिने भएको छ ।
