ghar sansar

आरक्ष पीडितले काठमार्डाैं पुगेर भेटे साँसद बोहरा, शुक्रबारसम्म अधिकार सम्पन्न आयोग गठन गर्ने आश्वासन

khasi

महेन्द्रनगर । तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्थापित परिवारले काठमाडौं पुगेर कञ्चनपुर २ का साँसद दिपक बोहरालाई भेट गरी पुनस्र्थापनका लागि दबाव दिएका छन् ।

आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष जय बहादुर रोकाया, केन्द्रीय संयोजक प्रेम दत्त भट्ट र सचिव कृष्ण भट्ट लगायतले साँसद बोहरा भेटेका छन् । उनीहरुसित भेटमा साँसद बोहराले शुक्रबारसम्म अधिकार सम्पन्न आयोग गठन गरी पुनस्र्थापन गरिने आश्वासन दिएका छन् ।

फागुन २१ गतेको चुनावबाट बोहरा कञ्चनपुर २ बाट साँसद निर्वाचित भएका हुन् । यस अघि पुनस्र्थापनको माग गर्दै अनशन बसेका विस्थापित परिवारको अनशन साँसद बोहरोले अन्त्य गरेका थिए ।

आरक्ष अनशन २१० दिनअघि आज अन्त्य गरेका छन् । बोहराले प्रतिवद्धता गरेपछि वनहरामा २ सय १० दिनपछि अनशन तोडिएको थियो ।

dirghayi clinic

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन शुक्लाफाँटा आरक्ष) विस्तारका क्रममा विस्थापित भएका परिवारले विगत लामो समयदेखि पुनःस्थापनाको माग गर्दै आन्दोलन गर्दै आएका थिए ।

साँसद बोहराले विगतका आयोगले तयार पारेका प्रतिवेदन अध्ययन गरेर पुनःस्थापनाका लागि ठोस पहल गर्ने बताएका थिए ।

आरक्ष पीडित संघर्ष समितिका आरक्ष विस्थापितको समस्या समाधान गर्न हालसम्म ३४ वटा आयोग गठन भए पनि ठोस उपलब्धि हासिल हुन नसकेको बताए ।

हालसम्म दुई हजार ४ सय ७३ परिवार विभिन्न शिविरमा बस्दै आएका छन् । उहाँहरू स्थायी पुनःस्थापनाको प्रतीक्षामा वर्षौंदेखि कठिन जीवन बिताउन बाध्य छन् ।

२०५८ मा संकटकालमा तत्कालिन शाही सेना परिचालन गरी आरक्षका विभिन्न स्थानबाट ती वस्ती हटाइएका थिए ।

Himal dental
सम्बन्धित
Loading...