ghar sansar

बाणिज्य संघमा बीमा रकम दोब्बर, नविकरण हुने सदस्यको दुई लाखको बीमा

khasi

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघले व्यवसायीको सडक दुर्घट्ना बीमा रकम दोब्बर बनाएको छ । संघले गत बर्ष एक लाख रकमबाट सडक दुर्घटना बीमा सुरु गरेको थियो ।

यस बर्षदेखि त्यही रकम बढाएर दुई लाख बनाइएको छ । गत बर्ष बीमा गरिएका व्यवसायीले नविकरण गराएमा उनीहरुको दुई लाख बीमा गर्न लागिएको हो ।

संघले बीमा गर्नका लागि बीमा कम्पनी छनौट प्रक्रिया सुरु गरिएको संघका सचिव राहुल भट्टले बताए ।

त्यसका लागि कोटेसन आव्हान गरिएको छ । किफायती र संघको उद्देश्यसिय मेल खाने कम्पनी छ्नौट गरिने सचिव भट्टले बताए ।

संघमा दुई हजार दुई सय व्यवसायी आवद्व छ्न । गत बर्ष उनीहरु सबैको एक लाख रुपैयाँको बीमा गरिएको थियो ।

dirghayi clinic

सचिव भट्टले सामाजिक उत्तरदायित्व अन्तर्गत व्यवसायी समस्यामा पर्दा सहयोग पुगोस भनेर बीमा गरिएको बताए ।

संघमा व्यवसायीको बीमा गरिएको यो पहिलो पटक हो । संघको १८ औ कार्य समिति निर्वाचित भएपछि बीमा कार्यक्रम थालिएको छ ।

संघका अघिल्ला कार्य समितिले पनि यो कार्यक्रम सुरु गर्ने प्रयास गरेका थिए ।

बाणिज्य संघमा बुधबार आयोजित कार्यक्रममा दुई लाखको बीमा गर्ने तयारीबारे जानकारी दिइएको छ ।

संघका अध्यक्ष दिनेश मल्ल, वरिष्ठ उपाध्यक्ष दिपेन्द्र प्रकाश साउद, उद्योग उपाध्यक्ष तेज बहादुर चन्द, सचिव् राहुल भट्ट, सह सचिव एनपी जोशी सहभागी भएका छन् ।

संघका निवर्तमान बाणिज्य उपाध्यक्ष धर्म सिंह रावल सहित कार्य समिति सदस्यहरु जगदीशचन्द्र भट्ट, भोजराज अवस्थी लगायत सहभागी भए ।

Himal dental
सम्बन्धित
Loading...