ghar sansar

विद्यालयले किन काट्न लगाउँछन् विद्यार्थीलाई कपाल ?

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १७ मझगाउस्थित महाकाली बाल विद्यालयका प्रिन्सिपल हर्क बहादुर जाग्रीले केही दिन अघि एक विद्यार्थीलाई मोटरसाइकमा बसाएर कपाल काट्न महेन्द्रनगर बजार ल्याए ।

बजार पुगाएर सैलुनमा लगेपछि ती विद्यार्थीले घर गएर कपाल काट्ने वाचा गरे । उनले विद्यार्थीको वाचा अनुसार बिद्यालय फिर्ता ल्याए ।

कान वरिपरि एक नम्बर कटिङ्ग र त्यो बाहेक टाउकोमा ठूलो कपाल बनाएर आएपछि ती विद्यार्थी विद्यालयको नजरमा परेका थिए । त्यसपछि प्रीन्सिपल जाग्रीले कार्यकक्षमा बोलाएर ति विद्यार्थीलाई सम्झौता भएका थिए ।

बजार सैलुनमा घर गएर कपाल काट्ने वाचा गरेका विद्यार्थी अर्को दिन बिद्यालय आएन । त्यसपछि बिद्यालयले उनको घर खबर पठायो । अभिवावकलाई खबर पठाएपछि विद्यार्थी बिद्यालय आए ।

‘म आफै कपाल काट्न नाइ सम्म लगे, बाइकमा बजार पुगाए, त्यहाँ घरमा काट्छु, घर गयो, अर्को विद्यालय आएन, के रहेछ भने घरमा भन्यौ’ उनले भने आज सम्झाई बुझाई गरे पछि आज काट्न गएको छ ।

विद्यार्थीलाई अनुशासनमा राख्न स्टायलको कपाल पाल्न बन्द गरिएको जाग्रीले बताए । ‘कपाल पाल्न नै हुँदैन भन्ने चाहि छैन, स्टायलको काटेर आउन दिने गरिएको छैन’ उनले भने ।

विद्यालयमा सुरु हुन अघि १५ मिनेट अघि विद्यार्थी र आधा घण्टा अघि शिक्षक पुग्न पर्ने तथा विद्यार्थीले नङ्ग र कपाल काट्न पर्ने नियम छ ।

शिक्षा ऐनको दशौं संशोधनमा विद्यार्थीलाई जबरजस्ती कपाल काट्न दबाब दिन नहुने उल्लेख भएपछि केही दिन निकै चर्चा पाएको थियो ।

ऐन आएपछि कपाल काट्न दबाब दिइए हेलो सरकारमा उजुरी दिने व्यवस्था भएको घोषण गरिएको थियो ।

हेलो सरकारमा उजुरी दिने व्यवस्थापछि महेन्द्रनगरको एक निजी बिद्यालयका विद्यार्थीले हेलो सरकारमा उजुरी दिए ।

dirghayi clinic

हेलो सरकारले यसबारे सत्यतथ्य जानकारी दिन भीमदत्त नगरपालिकामा पत्र आएपछि शिक्षा, युवा तथा खेलकूद शाखाले बिद्यालयमा पत्र पठाएर जवाफ माग गरेको शाखा प्रमुख हरिदत्त जोशीले बताए ।

बिद्यालयले कपाल काट्न दबाब नदिएको जवाफ पठाएको शाखा प्रमुख जोशीले जानकारी दिए ।

विद्यार्थीलाई कपाल काट्न भनेपछि उजुरी हाल्ने भन्ने गरेको महाकाली बाल विद्यालयका प्रिन्सपल जाग्री बताउछन् ।

भीमदत्त नगरपालिका १८ स्थित निङ्गलाशैनी माध्यमिक बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष निरन्जन प्रसाद भट्ट विद्यार्थीले विद्यालयमा अनुशासन पालना गर्न पर्ने बताउँछन् ।

भीमदत्त नगरपालिकाका भौतिक पूर्वाधार बिकास सल्लाहकार रहेका भट्टले विद्यार्थी अनुशासनलाई उच्च प्राथमिकता दिएका थिए ।

भट्टले ठूलो कपाल काट्ने अभियान नै चलाएका थिए । आफ्नो कार्यकालमा एक सय बढी विद्यार्थीलाई सैलुन लगेर कपाल कटाएको भट्ट बताउँछन् ।

‘विद्यालय राम्रो कुरा सिक्ने थलो हो, त्यहा विद्यार्थी शिक्षक सबैले अनुशासन पालना गर्नु पर्छ, यसो नहँुदा विद्यालयको शैक्षणिक उद्देश्य पूरा हुन सक्दैन’ उनले भने, ‘मैले विद्यार्थीलाई अनुशासनमा राख्न कपाल पाल्न दिएन, ठूलो कपाल पाले की लगेर काटि दिन्थे ।’

महाकाली बाल बिद्यालयका अभिभावक करिश्मा धानुक विद्यार्थीले बिद्यालयमा अनुशासन पालना गर्न पर्ने बताउँछिन् । ‘स्कुलमा नियम बनाएको छ भने मान्नु पर्छ, अनुशासनमा बस्नु पर्छ’ भीमदत्त नगरपालिका १७ की धानुक भन्छिन् ।

शिक्षा ऐनमा यस अघि पनि विद्यार्थीलाई अनुशासन राख्न मानसिक तनाव हुने गरी अनावश्यक दबाब दिन नहुने व्यवस्था थियो । अहिले संशोधित ऐनमा तोकिएर कपाल काट्न दबाब दिन नहुने शब्दावली राखिएपछि चौतर्फी चर्चा भएको हो ।

बिद्यालय अनुशासनका लागि बिद्यालयमा विद्यार्थी र शिक्षक आचार सहिता हुन्छ्न । ती आचार सहिताका आधारमा बिद्यालय अनुशासन कायम राख्ने गरिएको छ ।

भीमदत्तको शिक्षा शाखा प्रमुख जोशी शिक्षण सिकाईमा ध्यान केन्द्रित गर्न अनुशासन पालना हुनु पर्ने बताउँछन् ।

‘अनुशासन विद्यार्थीको गहना हो, सामाजिक चाल चलन, संस्कार, नियम कानुन, रितितिथि सबैलाई हेरेर अनुशासन पालना गरिनु पर्छ’ उनले भने, ‘विद्यार्थी अनुशासनमा नबस्दा शिक्षणमा ध्यान केन्द्रीत नहुन सक्छ, यसले शिक्षण सिकाईमा असर पर्न सक्छ ।’

 

Himal dental
सम्बन्धित
Loading...