

महेन्द्रनगर । महेन्द्रनगर बजारको गल्ली नं. ४ स्थित होटल ग्राण्ड प्यासिफिकमा भएको कुटपिटमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।
गत जेठ ९ गते राति होटठेलमा कुटपिट घट्ना भएको थियो । तीन चार जनाको समूहले होटेलभित्रै सञ्चालक किशोर चन्दका भाई गोबिन्दमाथि कुटपिट गरेका थिए ।
कुटपिटको भिडियो सामाजिक सञ्जालबाट भाइरल भएको थियो । चन्दसंगै होटेलका कामदार पनि कुटिएका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार कुटपिट आरोपमा भीमदत्त नगरपालिका १ का गणेश रावतलाई पक्राउ गरेको हो ।
प्रहरी हिरासतमा राखेर २१ वर्षिय रावतमाथि अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी टेक बहादुर रावतले कुटपिट घट्नाका प्रतिवादीमध्ये रावत पक्राउ गरिएको जानकारी दिए । ‘पक्राउ गरी थप अनुसन्धान गरि रहेका छौ’ उनले भने ।
होटल सञ्चालक चन्द भीमदत्त नगरपालिका–२ उल्टाखामका हुन् ।
कुटपिटबाट घाइते भएका चन्दलाई महाकाली प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो ।
