ghar sansar

मदनचोकका २२ सटरमा भीमदत्तका प्रवक्ता अवस्थी र नेकपा नेता ऐरी आमनेसामने

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थी र नेकपाका युवा नेता दिपेन्द्र सिह ऐरी सामाजिक सञ्जाल (फेसबुक) मा आमनेसामने भएका छन् ।

नगर प्रवक्ता अवस्थीले गत साता मदनचोक क्षेत्रका विस्थापित २२ सटर व्यवस्थापन सहमति अनुसार गर्नु पर्ने भन्दै सामाजिक सञ्जालमा स्टयाटश लेखेका थिए ।

एशियाली विकास बैंक(एडीबी) अनुदानको क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत सडक निर्माणका लागि मदनचोकका तीन २२ सटर भत्कार्ईका थिए ।

भीमदत्त नगरपालिकाले सडक निर्माण गरि सकेपछि बचेको जग्गामा सटर बनाएर व्यवसायीलाई व्यवस्थापन गर्ने आश्वासन दिएको थियो ।

ती सबै सटर भीमदत्त नगरपालिकासित सम्झौता गरी व्यवसायीले भाडामा लिएका हुन् । नगरपालिकाले आश्वासन दिएपछि व्यवसायी आफ्नो समाान बाहिर निकालेर सटर छाडेका थिए ।

चार वर्षसम्म व्यवसायीको व्यवस्थापन हुन नसकेपछि नगर प्रवक्ता अवस्थीले गत साता सामाजिक सञ्जालमा सटरका व्यवसायीको व्यवस्थापन गर्ने निर्णय कार्यान्वयन हुनु पर्ने धारणा राखेका थिए ।

‘एडीबीको दोस्रो चरणको योजनामा २२ सटरको व्यवस्थापन नगरे योजना रद्द भइरहेको थियो, त्यो बेला हामीहरुले, व्यवस्थापन गर्छु भनेर योजना लागू भएको हो ,निर्णय पनि गरेको छु, निर्णय, कार्यान्यन गर्नु पर्छ’ अवस्थीले भनेका छन् ।

नगर प्रवक्ता अवस्थीको फेसबुक स्टयाटशलाई शेयर गर्दै नेकपा नेकता ऐरीले आफ्नो धारणा राखेका छन् ।

dirghayi clinic

ऐरीले नगर प्रवक्ता अवस्थीलाई व्यवसथापन गर्ने निर्णय कार्यान्वयन गर्न तपाईहरुलाई कोले रोकेको छ भनेर प्रश्न सोधेका छन् ।

मदनचोकका २२ सटर मात्रै नभएर मञ्च गेट अगाडि र ५ नम्बर गल्लीमा निर्माणाधिन सपिङ्ग कम्प्लेक्स व्यवस्थापन गर्न पनि सुझाव दिएका छन् ।

मदनचोट विस्थापित २२ सटरलाई भने त्यहाँ व्यवस्थापन गर्ने कुरा नसोच्न चेतावनी दिएका छन् । नगर विकास समितिको जग्गामा अन्यत्र व्यवस्थापन गर्न पर्नेमा ऐरीको जोड छ ।

‘तपाईहरु लाई कोले रोकेछ व्यवपारीको व्यवस्थापन गर्नमा हाम्रो माग त २२ मात्रै हैनन् मन्च वरपरका कब्जा गरी राखेका सटरहरुमा बसेका व्यवसायी पनि पिडित छन् तिनिहरुको पनि उचित समाधान गर्नुस् दान बहादुर चन्दज्युले बनाउन लागेको कम्पल्याक्सको पनि तत्काल व्यवस्थापन गर्नुस तर मदन चौकनिर कसैले पनि आँखा नगाड्नुस स्थान प्रयाप्त छ नगर विकास समितिको जमिन अथाह् छ त्यो कव्जामा रहेको जमीन खालि गरेर २२ सटरब बनाउनु होस’ नेता ऐरीले भनेका छन् ।

भीमदत्त नगरपालिकामा २०७९ को स्थानीय तह निर्वाचनपछि आएको नेतृत्वले २२ सटरका व्यवसायी व्यवस्थापन गर्न ४ नम्बर वडाका वडा अध्यक्ष सुशिल भट्टको नेतृत्वमा कार्यदल बनाएको थियो ।

कार्यदलले सोही स्थानमा व्यवसायी व्यवस्थापन गर्न सकिने प्रतिवेदन दिएको थियो । त्यसपछि नगरपालिकाले सटर निर्माणका लागि टेण्डर खोलेको थियो ।

सटर निर्माणका लागि टेण्डर आब्हान भएपछि विभिन्न राजनीतिक सम्बद्ध विद्यार्थी युवा संघ संगठनले विरोध गरेका थिए ।

ऐरीले प्रशासन र नगरपालिकामा ज्ञापन बुझाउने टोलीको नेतृत्व गरेका थिए । उनी त्यति बेला नेकपा बहुमतमा आवद्ध थिए ।

गत साता मात्रै उनी बहुमत छाडेर नेकपा आएका हुन् । ज्ञापन पत्रमा २४ घण्टाभित्र टेण्डर बदर हुनु पर्ने माग गरिएको थियो ।

नेकपा बहुमत, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, काँग्रेस गरी सबै दलका युवा र विद्यार्थी विपक्षमा उभिएका थिए ।

Himal dental
सम्बन्धित
Loading...