

महेन्द्रनगर । भीमदत्त नगरपालिका १४ स्थित बैजनाथ आधारभूत बिद्यालयमा अढाई बर्षदेखि पुष्पमणी जोशी प्रधानाध्यापक छन् । भीमदत्त नगरपालिका १९ बागफाँटास्थित लक्ष्मी माध्यमिक बिद्यालयबाट सरुवा भएर उनी बैजनाथ पुगेका हुन् ।
विद्यालय पुगेपछि जोशी अक्क न बक्क भए । विद्यार्थी सङ्ख्या निकै कम थियो । प्राङ्गणमा घास उम्रीएको देखे । कक्षा कोठामा फोहर थिए ।
पक्की भवन र पर्याप्त प्राङ्गणले प्रधानाध्यापक जोशीलाई आशावादी बनायो । उनी बिद्यालय राम्रो वनाउने सम्भावना देखेर बलियो अठोट बोकेर अघि बढे ।
न्यून विद्यार्थी सङ्ख्या बढाउने सबैभन्दा ठूलो चुनौति जोशीलाई थियो । एक देखि ८ कक्षा सम्म ३४ जना विद्यार्थी थिए । कक्षा ६ मा ९ जना मात्रै थिए ।
प्रधानाध्यापक जोशीले विद्यार्थी सङ्ख्या बढाउन व्यवस्थापन समिति,शिक्षक, अभिवावक, बुद्धिजीवि, जन प्रतिनिधि, राजनितिक दलसित छलफल गरे ।
सबैबाट सहयोगको साथ पाउने आश्वासन पाएपछि उनी विद्यार्थी खोज्न घरदैलोमा निस्किए । शैक्षिक सत्रको विद्यार्थी भर्नाका लागि छोटो समय भएकाले अपेक्षित उपलब्धि हासिल हुन सकेन ।
घरदैलोले केही विद्यार्थी थपिए । प्रधानाध्यापक जोशीले नयाँ विद्यार्थीको भर्नाले अर्को बर्ष बढाउन सकिने आश जगायो ।
अर्को बर्षका लागि विद्यार्थी भर्ना प्रभावकारी बनाउने र त्यसका लागि बिद्यालय सुधारका कार्य अघि बढाउन प्रधानाध्यापक जोशीले योजना बनाए ।
विद्यार्थी आकर्षण गर्न बिद्यालयको आन्तरिक र बाहय व्यवस्थापन दुबै सुधार्न उनी कस्सिए । आन्तरिकमा बिद्यालय अनुशासन पालना, नियमित पठनपाठ्न, अभिभावकसित छलफल,शिक्षकसित छलफल, अतिरिक्त क्रियाकलाप लगायतका कार्य समावेश गरिए ।
बिद्यालयमा बगैचा निर्माण, फर्निचर निर्माण, सरसफाइ, कक्षाकोठा पूर्वाधार लगायत कार्य समावेस गरिएका थिए ।
विद्यार्थी भर्ना अर्को बर्ष १ सय ३४ पुग्यो । विद्यार्थी बढेपछि जोशीले सुधार गर्ने अभियान अहिले पनि जारी राखेका छन् ।

‘यहाँसम्म पुग्न निकै अफ्ट्यारो थियो, संघर्ष गरी यहासम्म पुग्यौ’ उनले भने, ‘भविष्यमा राम्रो बनाउने सकिनेमा आशावादी छौ ।’
विद्यार्थी बढेर प्रगतिको बाटो समातेपछि गत जेठमा बिद्यालय तह घटुवामा परेको जानकारी बाहिर आयो ।
भीमदत्त नगरपालिकाको शिक्षक दरबन्दी मिलान, बिद्यालय मर्ज र तह घटुवा अन्तर्गत बैजनाथ तह घटुवामा परेको थियो ।
बिद्यालयका निमावि तहका दुई शिक्षक अन्यत्र सरुवा गरिएका थिए ।
भीमदत्तले तह घटुवाको निर्णय गर्न अघि प्रधानाध्यापक जोशी काठमाडौमा उपचाररत थिए ।
शिक्षक महासंघले गत बर्ष काठमाडौंमा गरेको आन्दोलनमा प्रहरीको कुटपिटबाट घाइते भएका थिए । घाइते पछि उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए । शिक्षक दरबन्दी मिलान प्रक्रिया अन्तिम चरणमा पुगेपछि उनी उपचार छाडेर फर्किएका थिए।
स्थानीय डाउन साइज विरुद्ध देखिएपछि भीमदत्त आफ्नो निर्णयबाट पछि हट्यो । चालु शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना कार्यक्रम अघि बढाउन नगरपालिकाले अनुमति दियो ।
२०३६ मा स्थानीयले चन्दा संकलन गरी स्थापना गरेको बैजनाथ २०५६ मा निमाबि भएको हो । स्थापनापछिका धेरै बर्षसम्म विद्यार्थीको आकर्षण देखिएको बिद्यालय केही समयदेखि विद्यार्थी संख्या स्वात्तै घटेको थियो ।
बिद्यालय क्षेत्रमा खुलेका निजी बिद्यालयका कारण विद्यार्थी घटेको प्रधानाध्यापक जोशी बताउँछन् । अहिले बिद्यालयका पूर्व विद्यार्थी प्रेम भण्डारी व्यवस्थापन समिति अध्यक्ष छन् । भण्डारीले बैजनाथमा ५ कक्षासम्म पढेका थिए । उनी पढ्दा ५ सम्म मात्रै पढाई हुने गरेको थियो ।
भण्डारीले त्यसपछि सरस्वती माध्यमिक बिद्यालय पढेका थिए । भण्डारीले आफ्नो छोरालाई बोर्डिङ्ग स्कुलबाट छुटाएर बिद्यालय भर्ना गरेका छन् ।
बिद्यालयका पूर्व अध्यक्ष हर्क खातीको महायज्ञ लगाउने चाहना थियो । खातीको गत बर्ष निधन भयो । बिद्यालयलाई हेर्ने अभिभावकको दृष्टिकोण बदल्न खातीले महायज्ञको धारणा लिएका थिए।
खातीको चाहना अनुसार बिद्यालयमा हरिशरण महाराजको उपस्तिथिमा महायज्ञ लगाइएको छ ।
‘यसबाट गाउ समाजमा यस्ता कार्यक्रमले राम्रो सन्देश गएको छ,सामाजिक एकता सद्भाव कायम राख सहयोग पुगेको छ’ जोशीले भने ।
