ghar sansar

रिटायर्ड भएपछि विदेश जाने सोच बनाएर घर पुगेका थिए हरिदत्त, चुनाव लडेर वडा अध्यक्ष नै भई दिए

khasi

महेन्द्रनगर । २०७८ मा प्रहरी सेवाबाट रिटायर्ड भएपछि हरिदत्त बडू जन्म भूमि बैतडी दशरथ चन्द नगरपालिका ७ सुर्काल पुगे । असोजको महिना भएकाले उनी केही दिन पूजापाठमा व्यस्त भए । गाउमा चुनाव चर्चा परिचर्चा सुरु भइ सकेको थियो। स्थानीय तह निर्वाचन नजिकिदै थियो ।

उनी चुनावी चर्चामा सहभांगी हुन्थे । आफूले प्रहरी सेवामा हुदा देखेका चुनावी अनुभव सुनाउँथे । उनी बिदेश जाने सोच बनाएर प्रहरी हवल्दारबाट रिटायर्ड भएर घर आएका थिए ।

चुनाव चहल बढ्दै जादा एमाले नेताहरू प्रचार गर्दै गाउ पुगे । नेताहरुले पार्टीलाई उम्मेदवार चाहिएकाले भर्खर रिटायर्ड बडूलाई आग्रह गरे ।

उनी अक्क न वक्क भए । जिवनमा कहिले राजनिती गर्ने सोच नबनाएका र रिटायर्ड भएर बिदेश जाने भनेर घर पुगेका उनले तत्काल केही जवाफ दिएन् ।

गाउँका अगुवा कृष्ण दत्त वडु र बलदेब वडु लगायतसित सल्लाह गरे । त्यसपछि उनी सबै छाडेर बाँकी जिवन राजनीतिमा बिताउने गरी वडा अध्यक्षमा चुनाव लड्न तयार भए । ‘

यो चुनाव लड्ने कुरा मेरा लागि एक्दमै नसोचेको थियो, समयले चुनाव लड्ने बनाई दियो, जन प्रतिनिधि भएर फेरि जनताको सेवा गर्ने जिम्मेवारी पाए’ उनले भने ।

वडा अध्यक्ष चुनाव जित्नेमा उनी ढुक्क थिए । वडाका खानेपानी, शिक्षा, स्वास्थ्यका समस्या समाधान गर्ने बाचा पत्र बोकेर जनतासम्म पुगे । निवर्तमान वडा अध्यक्षलाई पराजित गरी उनी वडा अध्यक्ष भए ।

सुर्कालस्थित समान्य किसान परिवारमा जन्मेका बडु २०५९ मा नेपाल प्रहरीमा भर्ना भएका थिए । माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला उनी दिपायल पुगेर भर्ती भएका थिए ।

सुर्कालको केदार शिला माध्यमिक विद्यालयमा प्राथमिक तहसम्म पढेका उनले केदारेश्वर माध्यमिक विद्यालय दुर्गास्थानमा माध्यमिक शिक्षा अध्ययन गरेका थिए ।

पढेर सरकारी जागिर खाने सोच भएका उनी घर परिवारको कमजोर अवस्थाले प्रहरी सेवामा जागिर खान पुगे । प्रहरीको जागिर उनका लागि अनपेक्षित थियो ।

साविक दुर्गास्थान गाविसका ४ ५ ६ ७ वडा मिलाएर बनेको दनपा ७ मा एक हजार चार मतदाता छन् । यस वडाभित्र २ सय १८ घरधुरी छन् ।

वडा अध्यक्ष बडूले सबै घरमा शुद्ध खानेपनी पुगाउने कार्यलाई पहिलो प्राथमिकता दिएका छन् ।

मेलौली ३ सित सीमा जोडिएको लाछ्मारेमा अलाण खानेपानी योजनाबाट वडा भित्रका सबै घरमा पानी पुगाउने उनी बताउँछन् ।

जिल्ला खानेपानी डिभिजनले सर्भे गरी तुणामा ट्याङ्की बनाएर खानेपानी बितरण गर्ने योजनाका लागि सुदूरपश्चिम सरकारले बजेट दिदै आएको छ ।

वडा अध्यक्ष वडुले गाउमा खानेपानीको समस्या सानैमा देखेका थिए। गाउँमा एक दुई धारा हुन्थे । गाउँ भरका लागि कुवा थियो। कुलोको पानी खानु पथ्र्यो ।

जर्किन र गाग्रीमा पानी बोक्नमै धेरै स्थानीयको दिन जाने उनी अहिले सम्झन्छन् ।

गाउ भरको कुवाबाट अलि तल धारा जडान गरिएको थियो । यो धारामा गौरा पर्वमा बिरुडा भिजाउने गरिन्थ्यो । अहिले यो अवस्था धेरै हदसम्म फेरिएको छ । सुर्कालको मल्लागाउ टोलका ६७ परिवार सबैका घरमा धारा जडान गरिएका छन् ।

चुनाव जितेपछि वडाभरि सबै घरदुरीमा शुद्ध खानेपानी पुगाउन लागेका उनी अलाण खानेपानी योजनामा अवरोध गर्न खोजिएकोमा दुःखी छन् ।

dirghayi clinic

सुर्काल वारीको क्षेत्र अलाण खानेपानी योजना बन्न नदिने चलखेलमा लागेको बुझाई त्यस क्षेत्रमा व्यापक भएको छ ।
वडा अध्यक्ष बडु अलाण खानेपानीमा राजनितिक लडाई भएको बताउँछन् ।

माइखर्क यो योजना अघि बढन दिने पक्षमा छैन । यो गाउँ निवर्तमान वडा अध्यक्ष चक्र शर्माको हो । उनी काँग्रेसबाट निर्वाचित भएका थिए ।

‘यो योजना पुरानो हो, प्रयास गरेको हो, बजेट परेको छ, फ्रिज नगरौ भन्ने हो’ वडा अध्यक्ष बडुले भने, ‘अब राजनीतिक लडाँईले चार बर्षदेखि रेगुलर आएको पैसा त्यत्तिक्कै गयो ।’

खानेपानीपछि शिक्षा सुधार बडुको प्राथमिकतामा छन् । सुर्कालको केदार शिला माबि र ऐचेकाडाको कैलपालेश्वर माबि दुई बिद्यालय वडाभित्र छन् ।

ती दुई बिद्यालयको शैक्षिक गुणस्तर बढाउने चिन्ता उनलाई थियो ।

तीन वर्षदेखि ती दुबै बिद्यालयको एसईई नतिजा शून्य थियो । पूर्वाधारको समस्या थियो । बिषय गत शिक्षक थिएन । आइएड शिक्षकले माबिमा गणित र बिज्ञान पढाई रहेका थिए । लेखा परिक्षण हुन सकेको थिएन ।

शिक्षामा लगानी अनुसार नतिजा हासिल गर्न पहिलो लक्ष्य थियो । वडा अध्यक्ष बडुले शैक्षिक सुधारका लागि बिज्ञहरुसित सल्लाह गरी वडा शिक्षा समिति मार्फत कार्य योजना बनाए ।

कार्य योजनामा सुधारका ५ बुदा उल्लेख गरिए । ती ५ बुदाभित्र व्यवस्थापन समिति , शिक्षक अभिभावक संघ,शिक्षक, विद्यार्थी, अभिभावक र वडा कार्यालय गर्न पर्ने काम बुदागत रुपमा समावेश गरिए ।

कार्य योजनामा व्यवस्थापन र शिक्षक अभिभावक संघका लागि ५, शिक्षक १०, विद्यार्थी ७, अभिभावक ३ र वडा कार्यालयका लागि ३ काम उल्लेख गरिएका थिए ।

कक्षा १ देखि सुधार गर्ने लक्ष्य राखेर कार्य योजना लागू भएपछि २०८१ मा ती दुबै बिद्यालयको एसई नतिजा सुधार देखियो ।

प्रहरी सेवामा हुँदा उनले दिपायलमा ४२ औ समूह अपराध अनुसब्धान तालिम लिएका थिए ।

प्रशिक्षकले बुझ्ने भाषामा तालिम दिएकाले त्यस ब्याचका ४५ जनामध्ये ४० को नतिजा क बर्गको आयो । यो नतिजामा तत्कालीन कमाण्डरलाई बिश्वास गर्न अप्ठ्यारो परेको थियो ।

‘तालिम सबैले बुझ्ने भाषामा दिइएको थियो, त्यही भएर नतिजा राम्रो आयो, विद्यार्थीले बुझ्ने गरी पढाउन सकियो भने नतिजा राम्रो आउँछ भन्ने मान्यता बोकेर अघि बढेका छौ’ उनले भने ।

कृषिलाई व्यवसायिक र आधुनिक बनाउन वडा अध्यक्ष बडु आवश्यक भएको बताउँछन् ।

मकै, गहँु, धान लगायत परम्परागत खाद्य बालीसंगै आम्दानी हुने बालीनाली लगाउन किसान प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएका छन् ।

अहिले गाउमा गहुँ चुट्ने मेसिन पुगेको छ । स्थानीयले मेसिनबाट जोत्न थालेका छन् । गाउँमा धेरैले गोरु पाल्न छाडेका छन् ।

कृषिलाई व्यवुसायिक बनाउन सकिए सबै वासिन्दा आर्थिक रुपमा बलियो हुने विश्वास राख्छन उनी ।

पाँच वर्षे कार्यकालमा चुनावमा गरिएका सबै वाचा पूरा गर्ने वडा अध्यक्ष बडु बताउँछन् ।

‘मैले चुनावमा जे जति भनेको छु यो चार वर्षमा त्यस अनुसार गरेको छु, अब एक वर्ष बाँकी कार्यकाल पनि बाँकी रहेका कामकाज गर्छु’ उनले भने,‘यो कार्यकाल सकिएपछि पनि बाँकी जीवन जनताको सेवाका लागि राजनीतिमै बिताउँछु ।’

Himal dental
सम्बन्धित
Loading...