ghar sansar

धौलेपानी कटान प्रकरण : अनुसन्धानको नाममा आलटालको खेल, एकपछि अर्को समिति

khasi

भवानी भट्ट
महेन्द्रनगर । कञ्चनपुर र कैलालीको सीमा विवाद रहेको धौलेपानी क्षेत्रमा गरिएको रुख कटानको छानबिन अझै टुंगिएको छैन ।

डिभिजन वन कार्यालय कैलालीले क्षेत्रधिकार नाघेर कञ्चनपुरको क्षेत्रमा रुख कटानीको आदेश दिएको भन्दै छानबिन भइरहेको हो । उक्त विषयमा एकपछि अर्को छानबिन समिति बनाउने काम मात्रै भइरहेको छ ।

सुदूरपश्चिम प्रदेश वन निर्देशनालय गरेको छानबिन प्रतिवेदनमा पनि कटान गरिएको क्षेत्र कञ्चनपुरमै पर्ने देखाएको
छ ।

साउन तेस्रो साता सामुदायिक वनमा घाटगद्दी गरिएको र ढुवानी भइरहेको अवस्थामा काठ बरामद भएपछि निर्देशनालले सव डिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ वन अधिकृत बालमुकुन्द भट्टलाई अनुसन्धान अधिकृत तोकेको थियो ।

भट्टले बुझाएको प्रतिवेदन अनुसार डिभिजन वन कार्यालयले क्षेत्रधिकार नाघेर कञ्चनपुरको क्षेत्रमाा पुगेर सालका रुख काटेको देखिएको छ ।

‘अहिले पनि उक्त विषय छानबिनकै क्रममा छ, निर्देशनालयको प्रतिवेदन आएपछि दुवै डिभिजन वन कार्यालयलाई आफ्नो छानबिन अनुसन्धान गरेको प्रमाण पेश गर्न पत्राचार गरिएको छ,’ उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालय सुदूरपश्चिमका सूचना अधिकारी भोजराज पाठकले भने, ‘दुवैको प्रतिवेदन आएपछि थप कारवाही प्रक्रिया अघि बढ्छ ।’

dirghayi clinic

उनका अनुसार डिभिजन वन कार्यालयले छानविन प्रतिवेदन बुझाइसकेको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले प्रतिवेदन बुझाउन बाँकी छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरले रुख कटानको विषय छानबिनका लागि पछिल्लो पटक सव डिभिजन वन कार्यालय ब्रहृमदेवका प्रमुख रणेन्द्र सिंहको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । भदौ १८ मा १५ दिनको समय दिएर छानबिन समिति गठन गरिएको हो ।

‘निर्देशनालयले छानबिन गरेको प्रतिवेदनमा तल्लो क्षेत्रमा कटान भएको विषय मात्रै समावेश भएको छ, चुरको माथिल्लो क्षत्रेमा पनि रुख कटान नभएको आशंका छ, त्यसकै छानबिनकालागि समिति बनाएका हौं,’ डिभिजन वन कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले भने, ‘अहिले जंगलमा हात्ती आतंकसँगै बर्खाका कारण जान सकिएको छैन, केही दिन बर्खा रोकिएपछि र हात्ती पनि अन्त गएपछि सहज हुनेछ ।’ उनले आवश्यक परेमा म्याद थप पनि गर्न सकिने बताए ।

साउन तेस्रो साता डिभिजन वन कार्यालय कञ्चनपुर र जिल्ला प्रहरीको संयुक्त टोलीले कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित दीपेन्द्र स्मृति सामुदायिक वनमा घाटगद्दी गरिएको ६४ गोलिया सालको काठ बरामद गरेको थियो ।

यसैगरी कञ्चनपुरकै कृष्णपुर नगरपालिका–१ बण्डमा रातिको समयमा ३ वटा ट्याक्टरमा ढुवानी भइरहेको अवस्थामा १ सय १९ गोलिया र सोही वडाको निगालीमा सडक किनारमा फालिएको अवस्थामा ३३ गोलिया सालको काठ बरामद गरेको थियो ।

विभिन्न स्थानबाट गरेर २ सय १६ गोलिया १ हजार ४७० क्युफिट काठ बरामद गरिएको छि । धौलेपानी क्षेत्रमा अहिले पनि १ सय ८ गोलिया अलपत्र अवस्थामा रहेको सव डिभिजन वन कार्यालय बाणीले जनाएको छ ।

डिभिजन वन कार्यालय कैलालीले धौलेपानी क्षेत्रमा १ सय ७९ रुखमा कटानका लागि छपान गरेको थियो । जसमध्ये ६६ रुख काटिएको प्रतिवेदनले देखाएको छ ।

साभार :  इ कान्तिपुर

Himal dental
सम्बन्धित
Loading...