
भीनपा ४ मा पनि काँग्रेस वडा समिति दुईतिर, वडा सभापति पनेरुले गरे १५ गते वडा अधिवेशन गर्ने निर्णय, उप सभापति भट्टले गराउँदै शनिबार

महेन्द्रनगर । नेपाली काँग्रेस भीमदत्त नगरपालिका ४ नम्बर वडा समितिले संस्थापनले असोज ३ गतेको अधिवेशन स्थगित नगरे १४ औ महाधिवेशनबाट निर्वाचित समितिले आव्हान गरेको कार्यतालिका अनुसार वडा अधिवेशन गर्ने निर्णय गरेको छ ।
काँग्रेस संस्थापनले १५ औ महाधिवेशन अन्तर्गत शनिबार वडा अधिवेशन हुने भएपछि देउवा समूहका वडा सभापति पनेरुले शुक्रबार भेला गरी निर्णय गराएका छन् ।
वडा सभापति पनेरुले अद्यावधिक गर्न नमानेपछि केही महिना अघि उप सभापति सुशील भट्टलाई कार्य बाहक जिम्मेवारी दिइएको थियो ।

कार्य वाहक सभापति भट्टले भने शनिबार वडा अधिवेशन तयारी गरेका छ्न । वडा समितिका दुई सचिव मध्ये राहुल भट्ट देउवा र नितु भट्ट संस्थापनमा छन् ।
वडा भेलाले निवर्तमान सभापति देउवाको सम्मानजनक बिदाई र पार्टी एकताका लागि दुबैका अधिवेशन कार्य तालिका स्थगित गर्न अनुरोध गरेको छ ।
‘श्रद्धेय नेता पूर्व प्रम तथा पाचर्टी सभापति श्री शेर बहादुर देउवाको ससम्मान बिदाइ र पार्टि एकताका लागि दुबै पक्षले प्रकासित गरेका अधिवेशन कार्यतालिका स्थगित गर्दै बार्ताबाट सहमति गरि एकजुट हुनका लागि सम्बधित सबै पक्षसंग अनुरोध गर्ने निर्णय गििरयो’ निर्णयमा भनिएको छ ।
असोज ३ गतेको अधिवेशन स्थगित नभए वडा समितिले असोज १५ गतेको अधिवेशन गर्ने निर्णय गरेको छ ।
‘कदमकदाचित पार्टी सभापति श्री गगन कुमार थापाले नेतृत्व गरेको ने का को यहि असोज ३ गते हुने भनिएको वार्ड अधिवेशन स्थगित नभए हाम्रो पक्ष अर्थात चौधौ महाधिबेसनबाट बिधान तह निर्वाचित श्री शेर बहादुर देउवाले नेतृत्व गरेको नेकाँको अधिवेश कार्यतालिका अनुसार यहि असोज १५ गते का दिन सम्पुर्ण कृयासिल सदस्यज्यरुहरुलाइ सहभागी गराई भव्य र सभ्यताका साथ वार्ड अधिवेशन सम्पन्न गर्ने निर्णय सर्वसम्मत पारित गरियो’ निर्णयमा भनिएको छ ।
