ghar sansar

खुला मञ्चमा १० औं इन्टरनेशनल कप सुरु, इन्टरनेशनल ए, मेधावी र सनलाइटको विजयी सुरुवात

khasi

महेन्द्रनगर । खुला मञ्चमा १० औं इन्टरनेशनल कप सुरु भएको छ । इन्टरनेशनल पब्लिक स्कुलले बर्सेनी आयोजना गर्दै आएको कपलाई यस वर्ष पनि निरन्तरता दिएको छ ।

फूटबल खेलको विकास र युवालाई फुटलब खेलमा आकर्षण गर्नका लागि इन्टरनेशनल कप आयोजना हुँदै आएको विद्यालयका प्रिन्सिपल राजेन्द्र भट्टले बताए । प्रिन्सिपल भट्ट प्रतियोगिता उद्घाटन गरे ।

प्रतियोगितामा १५ टीम सहभागी भएका छन् । शुक्रबार उद्घाटनपछि तीन खेल भएका छन् ।

पहिलो खेल आयोजक इन्टरनेशनलको टीम ए र फ्लोरिडा सेकेन्ड्री स्कुलबीच भएको छ । इन्टरनेशनल ए फराकिलो गोल अन्तरले फलोरिडालाई हरायो । इन्टरनेशले फ्लोरिडा विरुद्ध ५ –१ गोल बनायो ।

dirghayi clinic

दोस्रो खेलमा मेधावी स्कुलले गुरुकुल इन्टरनेशनलाई हरायो । मेधावीले ५–३ गोल गरी गुरुलाई पराजित गरेको छ ।

शुक्रबार अन्तिम खेल सनलाइट पब्लिक स्कुलले जितेको छ । सनलाइटले आदर्श विद्या मन्दिरलाई ४–० गोलले हराएको छ ।

उद्घाटनपछि समूह ग र घ का टीमबीच प्रतिस्पर्धा भएको छ । शनिबार पनि ती दुबै समूहका टीमबीच खेल हुने बताइएको छ ।

प्रतियोगिता ८ दिनसम्म चल्ने प्रिन्सिपल भट्टले जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...