

महेन्द्रनगर । नेपाली काँग्रेस भीमदत्त नगरपालिका–१० को वडा अध्यक्षमा कर्ण बहादुर बम चयन भएका छन् । शनिबार १५औँ महाधिवेशन अन्र्तगत भएको वडा अधिवेशनबाट वडा समिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन गरिएको छन् ।
वडा समिति उप सभापतिमा बिसन दत्त जोशी, डम्मरी देबी महर, सचिव राजेश चन्द र सह–सचिव मान सिंह बिष्ट चयन भएका छन् ।

सदस्यमा पार्वती बिष्ट कार्की, निर्मला भट्ट, सुरेश तिरुवा, वसन्त पन्त, राम नाथ, लाल सिंह कार्की, डम्मरी जोशी र रमेश नाथ छन् ।
वडा अधिवेशनबाट ३२ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । उनीहरुमा नारायण दत्त भट्ट, कृष्णराज भट्ट, अशोक पाण्डे, टेक बहादुर मल्ल, राजेन्द्र प्रसाद भट्ट, माधव सिंह धामी, बाशुदेब भट्ट, राम सिंह चन्द, हरि सिंह बिष्ट, कृष्णराज जोशी, दीपक प्रसाद भट्ट, नरेन्द्र अवस्थी, महेन्द्र बहादुर चन्द र कर्ण बहादुर बिष्ट छन् ।
यसैगरी हरिश गुरुङ, नारायण दत्त जोशी, नरेन्द्र राज जोशी, दीपक चन्द ठकुरी, अमृत कार्की, गोकर्ण महर, करन भण्डारी, महेन्द्र अवस्थी, गोपाल राम महर, भरत राना, पार्वती जोशी, कौशिल्या देबी बिष्ट, कमला देबी जोशी, ममता ठगुन्ना, इन्दु बोहरा, ओमप्रकाश भट्ट, अंकित महर र सुशीला बम क्षेत्रीय प्रतिनिधि भएका छन् ।
