ghar sansar

काँग्रेस केन्द्रीय सदस्य साउँद भीमदत्त १९ बाट क्षेत्रीय प्रतिनधि

khasi

महेन्द्रनगर । काँग्रेस केन्द्रीय सदस्य संन्तोसी साउद ऐरी भीमदत्त नगरपालिका १९ बाट क्षेत्रीय प्रतिनिधि भएकी छन् ।
काँग्रेस विशेष महाधिवेशनबाट साउँद केन्द्रीय सदस्य भएकी थिइन् । भीनपा १९ को वडा अधिवेशनबाट साउँद सहित २३ जना क्षेत्रीय प्रतिनिधि चुनिएका छन् ।

साउँद २०७९ मा वडा अध्यक्ष चुनाव लडेकी थिइन् । त्यस अघि उनी २०७४ को निर्वाचनमा काँग्रेसबाट वडा सदस्य निर्वाचित भएकी थिइन् ।

dirghayi clinic

साँउँदसंगै भीमदत्त नगरपालिका नगर कार्यपालिका सदस्य हरिहर परियार पनि क्षेत्रीय प्रतिनिधि भएका छन् ।

भीनपा १९ का वडा सदस्य कमल सिह जोरा सहित ओम प्रकाश बिष्ट, माधव सिह साउद, शंकर सिह ऐरी, जोगी राना, जयराम राना, खडक सिह बिष्ट, सुशीला साउद, संगिता अवस्थी, मेनुका अवस्थी, बसन्ती बोहरा, दौलत साउद, नबनित परियार र सुलोचना परियार क्षेत्रीय प्रतिनिधि भएका छन् ।

यसैगरी क्षेत्रीय प्रतिनिधिमा नर बहादुर जोरा, करन सुनार, अशोक सुनार, राजेन्द्र राना, पदम बहादुर ऐडी, राज बहादुर जोरा र काली प्रसाद साउद चयन भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...