ghar sansar

पूर्व गृह मन्त्री रमेश लेखकको वडामा हुन सकेन काँग्रेस वडा अधिवेशन

khasi

महेन्द्रनगर । काँग्रेस १५ औं महाधिवेशन अन्र्तगत शनिबार कञ्चनपुर ३ का दुई वडामा वडा अधिवेशन स्थगित भएको छ । बेदकोट नगरपालिका ८ र भीमदत्त नगरपालिका ११ मा वडा अधिवेशन हुन सकेन ।

dirghayi clinic

कञ्चनपुर ३ का अन्य २८ वडामा भने वडा अधिवेशन भएका छन् । बेदकोट ८ पूर्व केन्द्रीय सदस्य एबम् पूर्व गृहमन्त्री रमेश लेखकको वडा हो । काँग्रेस विशेष महाधिवेशन अघि लेखक केन्द्रीय सदस्य थिए ।

काँग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित लेखक जेन जी आन्दोलन अघि गृह मन्त्री थिए ।

काँग्रेस संस्थापनले असोज ३ गते वडा अधिवेशन गर्ने कार्य तालिका ल्याएपछि भदौ तेस्रो साता लेखक गृह जिल्ला आएका थिए । जिल्लाभर कार्यकर्ता भेला गरी लेखक काठमाडौं फर्किएका थिए ।

Himal dental
सम्बन्धित
Loading...