ghar sansar

काँग्रेस किचलोका दुई किनारमा पुगेका पाण्डेय दाजु भाई, २४ वर्ष अघि पार्टी फुट्दा समेत थिए एकै साथ

khasi

महेन्द्रनगर । शनिबार दिउँसो काँग्रेस १५ औ महाधिवेशन अन्तर्गत वडा अधिवेशन चल्दै गर्दा काँग्रेसका बौद्धिक नेता लालमनी पाण्डेय क्याम्पस रोडस्थित नयाँ नेपाल चाउमिन सेन्टरमा चिया खान बाहिर बसेका थिए । पाण्डेय प्रायः चिया खान नयाँ नेपाल आइ रहन्छन् । त्यहाँ चिया र नास्ता खान दिन भरि बिभिन्न क्षेत्रका व्यक्ति आउने जाने क्रम चलि रहन्छ ।

शनिवार पाण्डेय अरु दिन भन्दा अघि नै आएर दुई जनासित बसेका थिए । अरु दिन उनी प्रायः साँझ चिया पसल पुग्ने गरेका छन् ।

‘आज त काँग्रेसको वडा अधिवेशन भई रहेको छ, अनि सर त यता पो हुनु हुन्छ, जानु भएन र’ जिज्ञासा सकिने बित्तिकै पाण्डेयले भने, ‘कता छ हाम्रो असोज १५ गते छ, अहिले गर्न नहुने हो, अब यसले काँग्रेसभित्र बिभाजनको रेखा ल्याउँछ ।’

पाण्डेयले देशमा अस्थिरता चाहने शक्तिले पार्टी विभाजन गर्न खोजेको आशंका गर्दै उनले काँग्रेस मात्रै नभएर बिभाजनले ठूला राजनीति दल सबैलाई राम्रो नहुने बताए । पाण्डेय काँग्रेुस संस्थापनले विधि विधान मिचेर अधिवेशन गरेको बताउँछन् ।

काँग्रेस विशेष महाधिवेशनपछि संस्थापन र संस्थापन इतर समूह बनेर बिभाजनको अवस्थामा पुगेको छ । अझै विभाजन भने भइ सकेको छैन ।

भदौ तेस्रो साता गृह जिल्ला आएका पूर्व केन्द्रीय सदस्य रमेश लेखकले असोज ३ गतेको वडा अधिवेशन नरोकिए काँग्रेस विभाजन हुने बताएका थिए ।

संस्थापनले असोज ३ र संस्थापन इतर समूहले असोज १५ गते अधिवेशन गर्ने कार्यतालिका ल्याएका छ्न । संस्थापन इतर समूहको नेतृत्व पूर्व सभापति शेर बहादुर देउवाले गरेका छन् ।

काँग्रेस विभाजन जान लाग्दा पाण्डेय र उनका सहोदर भाई दिवाकर पाण्डेय दुई समूहमा कित्तामा बाँडिएका छन् । काँग्रेस कञ्चनपुरका पूर्व जिल्ला सचिव दिवाकर पाण्डेय बिशेष महाधिवेशन पछि देउवाको साथ छाडेर गगन नेतृत्वको संस्थापन पुगेका हुन् । पूर्व गृहमन्त्री रमेश लेखकका विश्वासिला उनी बिशेष महाधिवेशनमा सहभागी भएका थिए ।

काँग्रेृस विभाजन बेला २०५९ मा यी दुबै दाजु भाई एक साथ देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकमा आवद्व भएका थिए । लालमनी शिक्षण पेशामा भएकाले उनी पेशागत संगठनबाट सक्रिय थिए ।

गत बर्ष पुसमा बिशेष महाधिवेशन भएपछि भने पाण्डेय दाई भाई पार्टीको अलग अलग कित्तामा बाँडिन पुगेका छन् । सबै भन्दा रोचक कुरा चाहि उनीहरु अहिलेसम्म दाई भाई सगोलमै छन् । उनीहरूका अन्य दुई भाई पनि छन् ।

शिक्षण पेशाबाट अवकाश भएका पाण्डेओ घरका जेठा हुन् । उनी पछि दुर्गा काठमाडौमा बस्छन् । माइला दिवाकर राजनीति र कान्छा करुणाकर धनगढीमा व्यापार व्यवसाय गर्छन् ।

dirghayi clinic

६८ बर्षका लालम्नी बैजनाथ माबिबाट १३ बर्ष अघि अवकाश भएपछि काङ्ग्रेसको पार्टी राजनीतिमा सक्रिय भएका छन् ।उनीहरू भीमदत्त ९ का हुन् ।

काङ्ग्रेस भित्र दाई भाई राजनीतिक बिचारको आधारमा आफ्नो इच्छाले अघि बढेको पाण्डेयले बतए । ‘बिचार प्रधान पार्टी हो, घरको कुरा घरमा हुन्छ, घरका कुरामा हाम्रो सर सल्लाह हुन्छ’ उनले भने, ‘अब यो राजनीतिक कुरा चाहिँ आ आफ्नो हो, मलाई यता राम्रो लाग्यो, उसलाई त्यता राम्रो लाग्यो, यो त बिचारको कुरा भयो ।’

आफूहरू काँग्रेसको अलग कित्तामा हँुदा घर परिवारमा केही पनि समस्या नहुने उनले बताए । ‘यो राजनीतिक कुरा हो, घर परिवारसित यसको कुनै मतबल छैन’ उनले भने ।

पाण्डेय २०३५ मा शिक्षण प्रवेश गरी बैजनाथ माबिको प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गरी अनिवार्य अवकाश भएका हुन् ।

पाण्डेय परिवार पुख्र्यौली व्यवसायी हो । उनीहरू दाई भाइको उमेर अन्तर सात बर्ष छ । लालमनी २०१४ सालमा जन्मिएका हुन् ।

शिक्षण पेशामा उनी हक्की र कडा स्वभाव भएका शिक्षक भनेर चिनिन्थे । उनले आफ्नै छोरीलाई रेस्टीकेट गरेको घटना अहिले पनि चर्चा हुने गर्छ । 

अर्थशास्त्र र राजनीतिक शास्त्रका शिक्षकउनी शिक्षण जीवनमा विद्रोही स्वभावका थिए ।

२०५४ मा उनी तत्कालीन पार्टी गिरिजा प्रसाद कोइराला बिरुद्व उभिएका थिए । त्यति बेला गिरिजा र देउव एकै कित्तामा थिए । गिरिजाका बिश्वाशिला लक्ष्मण बस्नेत विरुद्ध बिद्रोह गरी उनी दुई कार्यकाल ट्रेड युनियन काङ्ग्रेसको केन्द्रिय उपाध्यक्ष भएका थिए।

व्यक्तिगत कडा स्वभाव भएका उनले घर परिवार र राजनीतिक रुपमा भाइ सित पछिल्लो पार्टी राजनीति बारे समान्य सोधपुछ गरेका छैन । ‘घरको जेठो हु भनेर भाईलाई हस्तक्षेप त गर्न मिलेन नि’ उनले भने, ‘भाइलाई गगनका कार्य राम्रो लाग्यो, मलाई लागेन, मलाई ती काम उद्द्ण्ड लाग्यो ।’

बैजनाथ माबिमा शिक्षण क्रममा उनले टेड युनियन राजनीतिमा सक्रियत भएकाले अख्तियारमा मुद्दा लड्न परेको थियो ।

पाण्डेय परिवारले शेर बहादुर देउवालाई राजनीतिक नभएर अन्य साथ पनि दिएका छन् । देउवा अध्ययन सकेर फर्केपछि लामो समय काठमाण्डौमा उनका भाई दुर्गाको घरमा बसेका थिए । २०४८ मा चुनाव जितेर गृहमन्त्री मन्त्री भएपछि उनले छाडेका थिए ।

शाही शासनमा तत्कालीन अञ्चलाधिश महेन्द्रमान व्यथितका नजरमा परेका उनी २०६२÷०६३ को जन आन्दोलनमा ९ दिन जेल बसेका थिए । त्यस अघि पनि उनी हनुमान ढोका प्रहरी हिरासत बसेका थिए ।

Himal dental
सम्बन्धित
Loading...