ghar sansar

रोजगार मेलाका लागि जापानका रोजगारदातासित छलफल

khasi
dirghayi clinic

महेन्द्रनगर । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पहलमा २०२६ नोभेम्बर महिनामा जापानका रोजगारदाता कम्पनीहरू तथा नेपालका इजाजतपत्रवाला वैदेशिक रोजगार व्यवसायी संस्थाहरूबीच नेपालमा रोजगार मेला (जब फेयर) सञ्चालन गर्ने सम्बन्धमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ ।

छलफलमा जापानका रोजगारदाता कम्पनीहरूको प्रत्यक्ष सहभागितामा नेपाली श्रमिकका लागि रोजगारीका अवसर सिर्जना गर्ने, रोजगारदाता र नेपालका इजाजतपत्रवाला संस्थाबीच समन्वय तथा सहकार्य गर्ने र रोजगार मेलालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा विस्तृत छलफल भएको संघका महासचिव हिराबहादुर डाँगी (हरि) ले बिज्ञप्ति मार्फत छलफल भएको जानकारी गराएका छ्न । 

Himal dental
सम्बन्धित
Loading...