ghar sansar

बागफाँटामा वास छलफल

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका–१९ बागफाँटास्थित शुक्रराज टोलमा हेल्थी ह्याबिट प्रोजेक्ट अन्तर्गत समुदाय स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता (वास) सम्बन्धि बैठक बसेको छ ।

जर्मन नेपलिज हेल्प एसोसिएन(जिएनएचए) सहयोगमा वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) द्वारा सञ्चालित उक्त परियोजना अन्तर्गत पैरवी आमा समूह, बागफाँटा–१९ का सदस्यहरूसँग बैठक आयोजना गरिएको छ ।

बैठकमा समुदाय स्तरमा सञ्चालन हुने खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धि गतिविधि सम्बन्धि छलफल गरी आमा समूहका सदस्यको सहभागिता, समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ ।

बैठकमा समुदायमा आगामी दिनमा सञ्चालन गरिने वास गतिविधि, समुदायको सहभागिता तथा गतिविधि प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक सहयोगका विषयमा छलफल गरिएको छ ।

dirghayi clinic

समुदाय तथा विद्यालय स्तरमा वास सम्बन्धि गतिविधिलाई प्रभावकारी बनाउन आमा समूहको भूमिकाबारे समेत छलफल भएको छ ।

भविष्यमा नियमित समन्वय तथा अनुगमनका लागि आमा समूहका मुख्य सदस्य तथा सम्पर्क व्यक्तिहरूको पहिचान गरी आवश्यक सम्पर्क विवरण संकलन गरिएको छ । यसबाट आगामी गतिविधिहरूमा समुदायसँग सहज र प्रभावकारी समन्वय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बैठकमा व्यक्तिगत स्वास्थ्य तथा सरसफाइ, सुरक्षित खानेपानी तथा महिनावारी स्वास्थ्य र सरसफाइ सम्बन्धमा जानकारीमूलक छलफल तथा सचेतना सत्रसमेत सञ्चालन गरिएको थियो। सहभागीहरूलाई स्वस्थ व्यवहार अपनाउने, सुरक्षित खानेपानीको प्रयोग गर्ने तथा महिनावारीका समयमा आवश्यक स्वास्थ्य तथा सरसफाइका अभ्यासहरू पालना गर्ने विषयमा जानकारी प्रदान गरिएको छ ।

आमा समूहको उद्देश्य, भूमिका तथा जिम्मेवारी सम्बन्धमा पनि छलफल गरिएको थियो । समुदायको स्वास्थ्य, सरसफाइ तथा वास सम्बन्धि गतिविधिमा आमा समूहले निर्वाह गर्न सक्ने भूमिका, समुदाय परिचालन, सचेतना अभिवृद्धि तथा स्थानीयस्तरमा सहकार्य र समन्वयका विषयमा सहभागीहरूसँग अन्तरक्रिया गरिएको छ ।

बैठकले समुदायमा वास सम्बन्धि व्यवहार परिवर्तन, स्वास्थ्य तथा सरसफाइ प्रवद्र्धन र स्थानीय सहभागितालाई थप सुदृढ बनाउन महत्वपूर्ण आधार तयार गरेको छ । भीमदत्त र दोधारा चाँदनी नगरपालिकामा प्रोजेक्ट सञ्चालनमा छ ।

Himal dental
सम्बन्धित
Loading...