ghar sansar

कञ्चनपुर उद्योग वाणिज्य संघको महिला उद्यम विकास समितिमा ६ सदस्य मनोनित, टीका र खादा लगाएर सभापति सिहले गरिन् स्वागत

khasi

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघको महिला उद्यम विकास समितिमा ६ सदस्य मनोनित भएका छन् । महिला उद्यमी विकास समितिका सभापति सरिता भण्डारी सिंहले उनीहरुलाई सदस्यमा मनोयन गरेकी छन् ।

सदस्यमा कविता नेगी ऐर, ईश्वरी थापा खाती, रेनुका देवी खत्री, जयश्वरी जोशी, पुजा चन्द र सावित्री सापकोटा छन् । उनीहरु सबै उद्यम व्यवसाय क्षेत्रमा लामो समयदेखि सक्रिय छन् ।

संघको कार्यालयमा सबै सदस्यलाई सभापति सिहले स्वागत गरेकी छन् । उनीहरु सबैलाई सभापति भण्डारीले टीका र खादा लगाएर स्वागत गरिन् ।

dirghayi clinic

‘यहाँहरु सबैलाई स्वागत गर्न पाउँदा खुसी छु, समितिलाई सक्रिय बनाएर महिला उद्यमी व्यवसायीको हकहितका सक्रिय भएर काम गर्छौ’ उनले भनिन् ।

सिहलाई गत महिना संघले सभापतिको जिम्मेवारी दिएको थियो । उनीसंगै लक्ष्मी थापा र अहिल्या बोहरालाई यस अघि नै सदस्यमा मनोनित गरेको थियो । 

संघको १८ औं कार्यकारिणी समिति निर्वाचनमा अत्यधिक मत ल्याएर सिह सदस्य निर्वाचित भएकी छन् ।

महिला उद्यमशिलताको विकास, व्यवसायीको क्षमता वृद्धि, महिला नेतृत्वको सशत्तिकरण र संघका कार्यक्रम सञ्चालनका लागि समन्वय गर्न उनलाई सभापतिको जिम्मेवारी दिइएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...