ghar sansar

काँग्रेसलाई कस्तो बनाउन कञ्चनपुर ३ बाट यी महिला नेता हुन खोज्दैछन महाधिवेशन प्रतिनिधि

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ५ की राधिका थापाले एक वर्ष कार्य वाहक वडा अध्यक्ष भएर वडा कार्यालयको नेतृत्व गरेकी छन् । थापा २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्य निर्वाचित भएकी थिइन् ।

वडा अध्यक्ष मदन बहादुर चन्दको निधन भएपछि थापा कार्य वाहक भएकी हुन् ।

२०७९ को निर्वाचनमा वडा अध्यक्षका आकाँक्षा राखे पनि काँग्रेसले पदम राज अवस्थीलाई वडा अध्यक्ष उम्मेदवार बनाएको थियो ।

त्यसपछि थापा अवस्थी जिताउन सक्रिय भएर लागिन् । काँग्रेसले प्यानल सहित चुनाव जित्यो ।

काँग्रेस १५ औंं महाधिवेशन थापा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार भएकी छन् । उनी भीनपा ५ बाट क्षेत्रीय प्रतिनिधि भएर महाधिवेशनमा सहभागी छन् ।

काँग्रेसमा बाल्यकादेखि आवद्ध उनी दुई दशक अघि क्रियाशिल सदस्य भएकी थिइन् ।

‘पार्टीमा त सानैदेखि छु, काँग्रेस राम्रो बनाउन र एकजुट भएर बलियो होस भन्न चाहन्छु’ आइतबार कञ्चनपुर ३ को क्षेत्रीय अधिवेशनमा सहभागी थापाले भनिन्, ‘पार्टी राम्रो बनाउनका लागि म उम्मेदवार भएकी छु ।’

कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा आइतबार क्षेत्रीय अधिवेशन सुरु भएको छ ।

थापाको छिमेकी १७ नम्बर वडाकी मन्जु शाही पनि क्षेत्रीय प्रतिनिधि बन्न चाहन्छिन् । उनी काँग्रेसलाई बलियो बनाउन आफू उम्मेदवार भएको बताउँछिन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा शाही भीनपा १७ मा वडा सदस्य निर्वाचित भएकी थिइन् ।

थापा र शाही जस्तै काँग्रेस महाधिवेशन प्रतिनिधिका लागि धेरै महिला आकाँक्षी भएका छन् ।

काँग्रेस भीमदत्त नगर समितिका निवर्तमान उप सभापति खगेश्वरी भट्ट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार भएकी छन् ।

काँग्रेस नगर अधिवेशन भट्टले सहभागी सबैलाई धन्यवाद दिएकी थिइन् ।

पार्टी र संगठन बलियो बनाउन आफू उम्मेदवार भएको उनले बताइन् ।

‘उम्मेदवार छु, पार्टी संगठनका लागि काम गर्ने चाहना छ, पार्टी बलियो बनाउने लक्ष्य छ’ उनले भनिन् ।

भीमदत्त नगरपालिका ८ की चन्द्रा धामी काँग्रेसबाट २०७४ को स्थानीय तह निर्वाचनमा वडा सदस्य लडेकी थिइन् । उनी १५ औं महाधिवेशनमा सहभागी छन् ।

dirghayi clinic

धामी काँग्रेसका पूराना नेता हरिलाल धामीकी बुहारी हुन् । घर परिवार काँग्रेस भएपछि काँग्रेस राजनीतिमा आएकी हुन् । धामी महिलालाई राजनीति गर्न समस्या भएको बताउँछिन् ।

‘राजनीति गर्न लेडिजलाई त समस्या छ, कुरा काट्ने देखि लिएर सबै कुरा सहनु पर्छ’ उनले भनिन्, ‘ती सबै छाडेर यहाँसम्म आएकी छु, राजनीति गर्छु ।’

भीमदत्त नगरपालिका ४ की वडा सदस्य हिरा सार्की महाधिवेशन प्रतिनिधि भएर काँग्रेसको नयाँ नेतृत्व छान्न मत दिने बताउँछिन् ।

‘काँग्रेसका नेतृत्वका लागि भोट हाल्न महाधिवेशन प्रतिनिधि हुँदैछु’ उनले भनिन् ।

दोधारा चाँदनी नगरपालिका ७ को वडा सभापति निविरोध भएपछि कमला उपाध्यय महाधिवेशन प्रतिनिधि हुन चाहेकी छन् ।

उनले युवाबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएकी छन् । पार्टीभित्र युवा र महिला प्रतिनिधित्व आवश्यक भएको उनी बताउँछिन् ।

कञ्चनपुरका ९२ वडामा उनी काँग्रेसकी एक्ली महिला सभापति हुन् । उनी पहिलो पटक काँग्रेस वडा सभापति भएकी छन् ।

भीमदत्त नगरपालिका १८ की मन्जु गिरी काँग्रेस कञ्चनपुर ३ (ख)ं क्षेत्रीय सह सचिव भइ सकेकी छन् । गिरी १५ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार भएकी छन् । 

काँग्रेस आवद्ध ट्रेड युनियन काँग्रेसको उपाध्यक्ष भइ सकेकी उनी काँग्रेसलाई बलियो र सुधारिएको काँग्रेस बनाउन उम्मेदवार भएको बताउँछन् ।

गिरी काँग्रेस पारिवारिक पृष्ठभूमिबाट आएकी हुन् । उनी ५ कक्षा पढ्दा दार्चुलाको लेकमा काँग्रेस राजनीतिमा आवद्ध भएकी थिइन् ।

दार्चुलाका काँग्रेस नेता प्रमानन्द गिरीकी छोरी मन्जु आफ्नो सात पुस्ता काँग्रेस भएको बताउँछिन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा भीनपा १८ बाट वडा सदस्यमा चुनाव लडेकी थिइन् । २०७९ मा उनी वडा अध्यक्षको आकाँक्षी थिइन् ।

काँग्रेस महाधिवेशनमा देखिएको महिला सहभागिता विगत भन्दा सुधार देखिएको काँग्रेस नेतृत्व मन्जु जोशीले बताइन् ।

‘अहिले केही त चेन्ज हुँदैछ, यो विगत भन्दा बढ्दैछ भन्ने हो’ उनले भनिन्, ‘पार्टी मात्रै होइन, सबै क्षेत्रमा सहभागिता बढ्दैछ, सुधार हुँदैछ ।’

राजनीति महिलालाई पुरुष जसरी सजिलो नभएको जोशीले बताइन् । उनी राजनीति गर्ने वा नगर्ने भन्ने कुरा महिलामा भर पर्ने विषय भएको बताउँछिन् ।

‘यो महिलाको इच्छामा भर पर्छ, गर्न सकिने वा नसकिने के हो, आफैंले निर्धारण गर्नु पर्ने हुन्छ’ उनले भनिन् ।

राजनीतिक जन चेतना फैलाएर महिलालाई राजनीतिमा सक्रिय गराउन सकिने उनी बताउँछिन् ।

काँग्रेस महाधिवेशन प्रतिनिधिमा ५८ जना उम्मेदवार भएका छन् । 

Himal dental
सम्बन्धित
Loading...