ghar sansar

काँग्रेस पदाधिकारीका लागि सुदूरपश्चिमबाट यी नेता लड्न चाहन्छन् चुनाव

khasi

महेन्द्रनगर । काँग्रेसको १५औँ महाधिवेशनमा सुदूरपश्चिमबाट महामन्त्रीमा नैनसिंह महर तथा सह महामन्त्रीमा प्रकाश रसाइली, जनकराज गिरी, भरत खड्का र इश्वरी न्यौपानेले उम्मेदवारी दिने भएका छन् ।

सोमबारदेखि सुरु महाधिवेशनमा उनीहरु उम्मेदवारीका लागि तयारी गरी अघि बढेका छन् । महामन्त्रीका आकांक्षी नैनसिंह महरले कांग्रेसलाई समयसापेक्ष बनाउने एजेन्डा अघि सारेका छन् ।

नेपाल विद्यार्थी संघको अध्यक्षका रूपमा काम गरेका महरले करिब दुई दशक विद्यार्थी राजनीतिमा बिताएको उल्लेख गरेका छन्। देउवा सभापति रहँदा उनी पार्टीको केन्द्रीय सदस्यसंगै शिक्षा विभाग प्रमुख समेत थिए ।

dirghayi clinic

उनी ‘स्कुल अफ डेमोक्रेसी’का संस्थापकका रूपमा पनि चिनिन्छन् । महर नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका संस्थापक सभापति हुन् । पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा भने उनी डडेल्धुराबाट पराजित भएका थिए ।

प्रकाश रसाइली ‘स्नेही’ यसअघि नै कांग्रेसका सहमहामन्त्री हुन् । उनले १५औँ महाधिवेशनमा दलित समावेशीतर्फ सहमहामन्त्री पदमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् ।

१४औँ महाधिवेशनमा उनी दलित समावेशीतर्फ केन्द्रीय सदस्य निर्वाचित भएका थिए। पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा उनी बझाङबाट उम्मेदवार बने पनि पराजित भएका थिए ।

भरत खड्काले विशेष महाधिवेशनमै सहमहामन्त्री बन्ने इच्छा व्यक्त गरेका थिए । उनी प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति हुन् । पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा डोटीबाट निर्वाचित खड्काले यसपटक सहमहामन्त्री पदमा दाबी गरेका हुन् ।

Himal dental
सम्बन्धित
Loading...