ghar sansar

तीन लाख बढी मूल्यको भन्सार छलीको समान बरामद, भन्सार कार्यालय पठाइयो

khasi

महेन्द्रनगर । भारतबाट भन्सार छली गरी आएको तीन लाख बढी मूल्य बराबरको समान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीले तीन लाख तीन हजार रुपैँया बढीको समान बरामद गरेको छ ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी कार्यालयको टोलीले तेल, गुड, बिँडी, मिठाई, नरिबल लगायत २ लाख ५१ हजार मूल्यको समान बरामद गरिएको छ ।

यसैगरी त्रिभुवन वस्ती इलाकाले ५२ हजार तीन सय मूल्य बराबरको घाँसको बिऊ, सूर्ती र प्याज बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी टेक बहादुर रावतले बरामद समान भन्सार कार्यालय पठाएको बताए ।

Himal dental
सम्बन्धित
Loading...