

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ भाँसीस्थित एक घरमा चोरी भएको छ । भाँसी जागृति टोल गौराज लिम्बूको घरमा आइतबार राति १० बजे चोरी भएको छ ।
लिम्बू केही महिनादेखि काठमाडौमा छ्न । लिम्बू परिवार काठमाडौ हिडेपछि अमृत काफ्ले राती घरमा बस्दै आएका थिए ।

काफ्ले महेन्द्रनगर बजारको ५ नम्बर गल्लीका हुन । उनी घरबाट खाना खाएर घर पुग्न अघि चोरी भएको छ ।
घरको मेन गेटको ताला तोडेर भित्र पसेर चोरी गरिएको छ ।
घरभित्रबाट नगद र सुन चोरी भएको छ । दराजमा राखिएको एक लाख नगद र तीन तोला सुन चोरी भएको जानकारी दिइएको छ ।
दराजको लकर तोडिएको छ । अहिले वडा प्रहरी कार्यालयको टोली घरमा पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी टेक बहादुर रावतले चोरीमा संलग्नको खोजी भइ रहेको जानकारी दिए ।
