

महेन्द्रनगर । सिभिल ड्रेसमा एक टोली प्रहरी नयाँ पत्रिकाको कार्यालयमा पुगेको छ । शुक्रबार साँझ आफू प्रहरी भन्दै एक टिम पत्रकार नवराज मैनालीलाई खोज्दै कार्यालयमा आइपुगेका हुन् ।

नयाँ पत्रिकाको पत्रकार यम बमले अपराध अनुसन्धान अर्थात सुरक्षा विषयमा लेख्ने पत्रकार नवराज मैनालीलाई खोज्दै प्रहरी आइपुगेको बताए ।

’पत्रकार मैनालीलाई खोज्दै प्रहरी हुँ भन्दै एक टिम आइपुगेका छन्,’ नयाँ पत्रिकाको पत्रकार यम बमले भने, ’तत्काल उहाँ कार्यालयमा नभएकाले छलफल भइरहेको छ ।’
साभार : सेतो पाटी
