ghar sansar

साधारण स्कुलको स्वर्ण महोत्सवको लोगो अनावरण, ५० लाख अक्षय कोष घोषणा र इ लाइब्रेरी उद्घाटन मुख्य आकर्षण

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर माध्यमिक विद्यालय(साधारण स्कुल) ले स्वर्ण महोत्सवको लोगो सार्वजनिक गरेको छ ।

विद्यालयले पुस १५ गते मनाउने स्वर्ण महोत्सवको लोगो शनिबार विद्यालयमा गरिएको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रराज विष्ट र नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश धामीले लोगो अनावरण गरेका हुन् ।

शिक्षक अभिभावक संघका अध्यक्ष हरिश भट्ट र विद्यालयका प्रधानाध्याक देबराज भट्ट लगायत कार्यक्रमा सहभागी भएका छन् ।

आगामी पुसमा विद्यालय ५० र्औं वर्ष प्रवेश गर्न लागेको छ । विद्यालयले ५० र्आैं वर्ष प्रवेशलाई स्वर्ण महोत्सवका रुपमा मनाउन लागेको हो ।

‘यो विद्यालय ५० औं वर्ष प्रवेश गर्न हामी सबैका लागि गौरबको विषय हो’ अध्यक्ष विष्टले भने, ‘तपाई हामी सबैको साथ सहयोगले यहाँसम्म पुगेका छौ ।’

dirghayi clinic

२०३३ मा बैजनाथ माध्यमिक विद्यालयको भवनबाट महेन्द्रनगर मावि सञ्चालन गरिएको थियो । स्थापनापछि २०३४ मा विद्यालया साधारण धारका कक्षा सञ्चालन गरिएका थिए । त्यहींदेखि विद्यालय साधारण स्कुलले चिनिन थालेको बताइन्छ ।

हाल साधारण स्कुल सुदूरपश्चिममा सबैभन्दा बढी विद्यार्थी हुने विद्यालयमध्ये पर्छ । नर्सरी १२ सम्म विद्यालयमा तीन हजार एक सय विद्यार्थी अध्ययनरत छन् ।

स्वर्ण महोत्सवका लागि अध्यक्ष बिरेन्द्रराज विष्टको संयोजकत्वमा दुई सय एक सदस्यस्यी मूल आयोजक समिति र विभिन्न २२ उप समिति गठन गरिएका छन् ।

ती उप समितिमा प्रचारप्रसार, अथिति, साँस्कृति, आर्थिक, मञ्च व्यवस्थापन, निमन्त्रणा, अतिरिक्त खेलकुद, विज्ञान प्रर्दशनी, स्मारक, फिल्ड, गेट निर्माण, विज्ञापन संकलन, अभिलेख, अक्षयकोष, सम्मान, स्वयम सेवक, सरसफाई प्राथमिक, भलिबल, स्मारिका , खाद्यमेला, खाजा व्यवस्थापन, योग र सम्मान सिफारिस समिति छन् ।

विद्यालयले स्वर्ण महोत्सवमा ५० लाख अक्षय कोष घोषणा गर्ने कार्यक्रम बनाएको छ ।

स्वर्ण जयन्ती मूल आयोजक समितिका संयोजक विज्ञान प्रर्दशनी, खाद्य मेला, साँस्कृतिक कार्यक्रम, वृक्षारोपण, रक्तदान, प्रदेश स्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता, स्वर्ण स्तम्भ निर्माण, विद्यालयको ईतिहास झल्किने विशेषाक कृति प्रकाशन लगायतका कार्यक्रम गरिने छन् ।

महोत्सवको सबैभन्दा ठूलो आकर्षण ५० लाखको अक्षय कोष घोषणा र ई लाईब्रेरी स्थापना हुने विष्टले जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...