ghar sansar

दिल्ली भ्रमण अनुभव र अनुशिलन

khasi

–अमित प्रसाद भट्ट

२०८३ कार्तिक १४ गते अखिल विश्व गायत्री परिवार शान्तिकुञ्ज हरिद्वारको आयोजनामा भारतको संघीय राजधानी दिल्लीमा हुने त्रिदिवसीय शताब्दी समारोहको कार्यक्रममा सहभागी हुन महेन्द्रनगरबाट १६ जनाको टोली परिवहन निगमको बस हुदै अगाडी बढ्यो ।देवदत्त ओझाजिको नेतृत्वमा कार्यक्रममा सहभागी हुने टोली अगाडी बढिरहदा यात्रा टोलीका २ जना अलि ढिला पुग्दा गजरौलामा भेट हुन पुग्यो ।आनन्दविहार बसअड्डामा बसबाट ओर्लीएपछि मेट्रो चढी करोलबाग स्टेशनमा उत्रिएपछि अटोमा चढी होटल सिस्टन प्यालेसमा बसाइका लागि गयौं । ४ जना प्रति रुममा बस्ने व्यवस्थापन सहितको तयारी सिस्टन प्यालेसमा गरिएको थियो । रिफ्रेस पश्चात करोलबागको रात्रीकालिन बजार हेर्न गयौं ।

ratnam

२०८३।०७।१५ गते बिहान रिफ्रेस पश्चात मेट्रोमा चढी इन्द्रप्रस्थ स्टेशनमा ओर्लियौं । मेट्रोको विकास बडा मज्जाले भएको रहेछ दिल्लीमा । न्युन शुल्कमा आरामदायी यात्रा गर्न सकिने पुर्ण सफाइ सहित एसीको व्यवस्थापन भएको मेट्रो मानिसलाई इन्टरटेन गर्न मिल्ने साधनका रुपमा पनि रहेछ । इन्द्रप्रस्थबाट विश्व स्वास्थ्य संगठनको कार्यालय हुदै दिल्ली सचिवालयसंगै रहेको इन्द्रिरा गान्धी इन्डोर स्टेडियम कार्यक्रम हाता भित्र प्रवेश गर्यौं । शताब्दी समारोहको कार्यक्रम भव्य सजावटयुक्त थियो । खाजा ग्रहण पश्चात कार्यक्रम हल प्रवेश गर्नु पुर्व विभिन्न स्टल अवलोकन गर्यौ।सामुहिक र व्यक्तिगत फोटा खिचि कार्यक्रम हल भित्र प्रवेश गरियो ।आवलखेडा आग्रामा जन्मिइ हरिद्वारलाई कर्मथलो बनाउनु भएका तपोनिष्ठ पण्डित श्रीराम शर्मा आचार्यको अगुवाइमा स्थापना भएको अभियानको १०० वर्ष पुगेको स्मृतिमा भव्य कार्यक्रम हजारौं मानिसको उपस्थितिमा सञ्चालित थियो । इन्द्रिरा गान्धी इन्डोर स्टेडीयम पनि कार्यक्रमहरु आयोजना गर्ने विशाल ठाउँ रहेछ । पचासौं हजार मानिसहरुको उपस्थितिमा कार्यक्रम गर्न मिल्ने ठाउँहरु रहेछन स्टेडियममा ।

डाक्टर चिन्मय पण्डयाले प्रमुख भुमिका निर्वाह गरिरहेको उक्त कार्यक्रम ३ दिन चल्ने समयसारिणी थियो । विभिन्न भजन किर्तन, नृत्य, प्रवचन, विशिष्ट व्यक्तित्त्वहरुको मन्तव्य कार्यक्रमका प्रमुख विषय थिए । हजारौं मानिसहरुले कार्यक्रमको रसपान गरिरहेका थिए ।

dirghayi clinic

भारतको लोकसभाका स्पिकर ओम विरला,सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धिया,योग सम्बद्ध आचार्य बालकृष्ण, केन्द्रिय स्वास्थ्य मन्त्री जेपि नड्डा, सुप्रिम कोर्टका माननीय न्यायाधीश लगायत विशिष्ट व्यक्तित्वबाट कार्यक्रममा महत्वपुर्ण विचार व्यक्त गरिएको थियो ।

हजारौं मानिसको उपस्थितिमा यस प्रकारको कार्यक्रम गर्न हल÷स्थान सबै ठाउँमा हुनु पर्ने रहेछ भन्ने आवश्यकता महसुस समेत भयो । कार्यक्रमका दौरान दिल्लीका प्रसिद्ध पर्यटकीय धार्मिक मन्दिर समेत घुम्ने अवसर प्राप्त भयो ।विरला मन्दिर ,इन्डिया गेट ,लोटस टेम्पल ,राजघाट ,लालकिल्ला ,कुतुब मिनार जस्ता स्थल समेतको साक्षात्कार गर्ने अवसर प्राप्त भयो ।दिल्लीमा संगीतका साधनहरु पाइने स्थान दरियागञ्जको समेत भ्रमण गरिनुका साथै आउटर दिल्लीको क्षेत्र बुराडी समेतको अवलोकनको अवसर प्राप्त भयो ।

शान्तिकुञ्ज हरिद्वारको आयोजनामा सम्पन्न २०८३ कार्तिक १५ देखि १७ को त्रिदिवसीय कार्यक्रममा विभिन्न पक्षहरुले आफुले समेत अनुशिलन गर्नु पर्ने महसुस भयो । कम्तीमा पनि १ जनाले ४ जना यस पवित्र अनुष्ठानमा जोड्न सके गायत्री मन्त्र र आध्यात्मिक सचेतना यत्रतत्र पुर्याउन सहज हुने विश्वास व्यक्त गरिएको थियो ।

कार्यक्रमको सुन्दर पक्ष उक्त समारोहका सबैजना आआफ्नो जिम्मेवारीमा कुशलतापुर्वक लागिरहेको पाइयो । आध्यात्मिकता र विज्ञान सम्बन्धी पुस्तक समेत ५० प्रतिशत छुटमा वितरण स्टल राखिएको यो कार्यक्रम सबै पक्षबाट महत्वपूर्ण थियो ।

देवदत्त ओझाजिको नेतृत्वमा यस प्रकारका कार्यक्रममा सहभागी हुने अवसर मिलिरहन्छ । २०८० सालमा समेत शान्तिकुञ्ज हरिद्वारमा समेत कार्यक्रममा जाने अवसर प्राप्त भएको थियो ।

लेखक बेलौरी नगरपालिकाका शिक्षा अधिकृत हुन् ।

Himal dental
सम्बन्धित
Loading...