ghar sansar

नेकपा बहुमतले भन्यो : पत्रकार विवशलाई पक्राउ गरी हिरासतमा राख्न प्रेस स्वतन्त्रतामाथि अनावश्यक हस्तक्षेप

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले आगलागनीको घट्नाबारे समाचार संकलन गर्न गएका पत्रकार रनि विवशमाथि प्रहरीले गरेको व्यवहार अमानवीय भएको ठहर गरेको छ । सोमबार राति सडक अलकत्रा बोकेको डिस्टीब्यूटरमा भएको आगलागीको समाचार संकलनका क्रममा उनलाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेको घटना बाहिरिएसंगै नेकपा बहुमत पार्टीले समेत भत्र्सना गरेको हो ।

नेकपा बहुमत पार्टी कञ्चनपुरका युवा नेता एव कार्यालय सचिव दिपेन्द्र सिह ऐरील राष्ट्रियता र जनजीविका सवालमा आवाज उठान गर्ने पत्रकार विवशलाई अमानविय र दुव्र्यवहार गर्ने पहरीलाई कार्बाहीको माग अघि सारेर पार्टीले आधिकारिक धारणा सार्वजनिक गरेको बताए ।

,orning glory badhai

नेकपा बहुमत पार्टी कञ्चनपुरले बुधबार एक प्रेस विज्ञप्ती जारी गरेर समाचार संकलन गर्न घटना स्थल पुगेका पत्रकार विवशमाथि प्रहरीले गरेको अमानवीय दुव्र्यवहारको घटनाप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

dirghayi clinic

प्रहरीले पत्रकार विवशमाथि गरेको दुव्र्यवहार अलोकतान्त्रिक हुने ठहर गर्दै महान जनयुद्ध र जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रकै उपहार भएको जनाएको छ ।

नेकपा बहुमत पार्टी जिल्ला संयोजक नक्साल र इन्चार्ज अर्जुनद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तिमा प्रेस स्वन्त्रतामाथिको अनावश्यक हस्तक्षेप विरुद्धमा सम्पूर्ण प्रेस जगतले नै विरोध गर्नु जायज भएको आब्हान गर्दे अव उपरान्त यस्ता हर्कत नदोहो¥याउन प्रहरीलाई चेतावनी दिईएको छ ।

समाचार संकलन गर्न गएका पत्रकार विवशले प्रहरीलाई मुचुक्का बारे प्रशन सोध्दा बढि बोल्छस भन्दै राणाशासनशैलीमा पक्राउ गरी हिरासतमा पु¥याएको घटनाको राजनीतिक क्षेत्रबाट समेत बिरोध भईरहेको छ । यस अघि प्रेस, मानव अधिकार क्षेत्रबाट घटनाको भत्र्सना जाहेर गरिसकेका छन ।

Himal dental
सम्बन्धित
Loading...