ghar sansar

बेलडाँडी गाउँपालिकामा ४८ करोड ७८ लाखको बजेट सार्वजनिक

khasi

महेन्द्रनगर । बेलडाँडी गाँउपालिकाको ११ औँ गाँउ सभाबाट आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ । गाउँ सभामा अध्यक्ष हरिश चन्द्र रानाले नीति तथा कार्यक्रम र उपाध्यक्ष शान्ति नाथले बजेट पेश गरेकी छन् । गाउँ सभामा ४८ करोड ७८ लाखको बजेट पेश गरिएको छ ।

dirghayi clinic

गाउँ सभाको नीति तथा कार्यक्रममा विज्ञान विद्यालय सञ्चालन, बहुप्राविधिक शिक्षालय स्थापना, भूमिहिन,सुकुमबासी, आरक्ष पीडितलाई जमिन उपलब्ध गराउने, पर्यटकीय क्षेत्र संरक्षण, उपाध्यक्ष कोशेली उपहार कार्यक्रम अन्र्तरगत छोरी जन्मिए प्रोत्साहन भत्ता ३ हजार दिने, ३०यूनिटसम्म निःशुल्क विद्युत, सुत्केरी महिलालाई गाँउभित्रै निःशुल्क एम्बुलेन्स र बाहिर ५०प्रतिशत छुटदिईने, जनतासंग विपी कार्यक्रम, स्वाथ्य, शिक्षा, महिला विकास, खेलकुद, पशुपन्छी विकास, खानेपानी, शिक्षा लगायतका समावेश गरिएका छन् ।सार्वजनिक पद धारणा गरेका पदाधिकारीले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालय भर्ना गर्ने नीति अवलम्बन गरिएको छ ।

Anant bahu travels

गाउँ सभालाई संविधान सभा सदस्य दिवान सिह विष्ट, काँग्रेस क्षेत्र १(ख)का सभापति चेतन कुमार राई, एमाले बेलडाँडी उपाध्यक्ष प्रेमराज खाती, नेकपा माओवादी अध्यक्ष डम्बर शाह, राप्रपाका नेता प्रेमसिह साउद, काँग्रेस नेता जनक सिह धामी लगायतले सम्बोधन गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...